हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।
मञ्जुश्री संवत् २८६१ डुल लो(सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा पालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेको छन। साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उनले जनाएको छन । उनले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशियालीपूवर्क मनाउने तीन दिन बिदा दिएको बताए।
उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ् बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने आफ्ना शुभकामना सन्देशमा उल्लेख गरेको छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - १७:१६
काठमाडौं । नेपाल विश्वविद्यालयको संरक्षक परिषद्(बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप-कुलपति र रजिस्ट्रार नियुक्त गरेको छ। नेपाल विश्वविद्यालय ऐ...
बैशाख २१ गते, २०८२ - १७:०८
भक्तपु। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्र...
बैशाख २१ गते, २०८२ - १६:५८
मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु
बैशाख २१ गते, २०८२ - १६:५४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गिज्याउने र गाली गर्नेले आफ्नो सन्तानको भविष्य अन्धकार बनाइरहेको बताएकि छन्। ...
बैशाख २१ गते, २०८२ - १६:३४
लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक वि...
बैशाख २१ गते, २०८२ - १६:१९
काठमाडौं । काठमाडौ महानगरपालिका बानेश्वरबाट शङ्खमूल जाने सडकपेटीमा विगत लामो समयदेखि राखिएका पाइपहरू हटाईएको छ। पैदलयात्रुहरूलाई सहज आवागमनमा असर प...
बैशाख २१ गते, २०८२ - १६:१६
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो बैठकमा समसमायिक राजनीतिक बि...
बैशाख २१ गते, २०८२ - १५:२६
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त न...
बैशाख २१ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विध...
बैशाख २१ गते, २०८२ - १४:५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुको शिष्टाचार भेट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
प्रतिकृया लेख्नुहोस्: