अमेरिका । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरुले बताए । विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताए । “अब हामी उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, राजधानीका दमकल प्रमुख जोन डोनेलीले भने । ह्वाइट हाउस र क्यापिटलको दक्षिणमा तीन माइल (लगभग ४.८ किलोमिटर) भन्दा बढी विश्वको सबैभन्दा कडा नियन्त्रण र निगरानी गरिएको एयरस्पेसमा राति ९ बजेभन्दा पहिले दुर्घटना भएको थियो ।
हवाई दुर्घटनाको अनुसन्धानमा महिनौँ लाग्न सक्छ र सङ्घीय अनुसन्धानकर्ताहरुले पत्रकारहरुलाई उनीहरूले कारणबारे अनुमान नगर्ने बताए । राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धानकर्ताहरुले बोम्बार्डियर सिआरजे७०० विमानबाट ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर बरामद गरेको एजेन्सीका प्रवक्ता पिटर नुडसनले बताए । उनीहरु ती मूल्याङ्कनका लागि एजेन्सीको प्रयोगशालामा छन् ।
डोनेलीका अनुसार विमान कम्मरसम्मको पानीमा तीन खण्डमा उल्टो अवस्थामा फेला परेको थियो र प्रथम प्रतिक्रियाकर्मीहरुले पोटोमाकको माइलौँ क्षेत्र खोजिरहेका छन् । हेलिकप्टरको भग्नावशेष पनि फेला परेको छ । नदीका तस्बिरहरुमा आंशिकरुपमा डुबेको पखेटा र विमानको फ्युजलाजको क्षतविक्षत भग्नावशेष वरिपरि डुङ्गाहरु देखिन्छन् ।
अमेरिकन एयरलाइन्सका सिइओ रोबर्ट इसोमले जेटको ‘सैन्य विमान बाटोमा आएपछि’ विमान सामान्य अवतरणको तयारीमा रहेको बताए । एसोसिएटेड प्रेसले प्राप्त गरेको सङ्घीय उड्डयन प्रशासनको प्रतिवेदन अनुसार दुर्घटना हुँदा एक एयर ट्राफिक कन्ट्रोलर हेलिकप्टर यातायात र आउने-जाने विमानहरूको समन्वय गर्न जिम्मेवार थिए । यी जिम्मेवारी प्रायः दुई व्यक्तिबीच विभाजित गरिन्छ तर यातायात कम हुन थालेपछि विमानस्थलले साँझ ९ः३० बजे यी भूमिकाहरू एकीकृत गर्छ । बुधबार टावर सुपरभाइजरले तिनलाई चाँडै नै एकीकृत गर्न निर्देशन दिएका थिए ।
“दिनको समय र ट्राफिकको मात्राका लागि स्थिति पद व्यवस्था सामान्य थिएन”, प्रतिवेदनमा भनिएको छ । यद्यपि यस मामिलासँग परिचित एक व्यक्तिले त्यस रात टावरमा कर्मचारीहरू सामान्य स्तरमा रहेको बताएका छन् । आन्तरिक प्रक्रियाहश्ररुबारे छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै उनले भने, “कन्ट्रोलरहरुलाई कन्सोलबाट ब्रेकका लागि टाढा जानुपर्दा, सिफ्ट परिवर्तन हुँदा वा हवाई यातायात कम हुँदा यी पदहरु नियमितरुपमा एकीकृत गरिन्छ ।” सङ्घीय उड्डयन प्रशासन लामो समयदेखि एयर ट्राफिक कन्ट्रोलरहरुको कमीसँग जुधिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: