Ntc summer Offer
Khabar Dabali १६ फाल्गुन २०८१ शुक्रबार | 28th February, 2025 Fri
Investment bank

भाेलिबाट जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु हुने

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक भाेलि शनिबारदेखि सुरु हुने भएकाे छ । माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशा बारे  छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षा हुने बताइएको छ । 

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

मधेस केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड

चीन । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ...

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा समस्या

गोरखा । बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिक...

सरकारले भूमि अध्यादेश फिर्ता नलिए जसपा नेपालले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । सरकारले जारी गरेकाे अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यदेश फिर्ता नलिए जनता समाजवादी पार्टी (जसपा)  नेपालले आन्दाेलनकाे तयारी गर्ने भएकाे छ । ...

काठमाडाैंकाे हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्नेलाई महानगरको ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक...

काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा, आइतबारदेखि मौसम खुल्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको ...

कांग्रेसले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा कार्यदल बनाउन प्रस्ताव गर्ने

केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने निष्कर्ष

केबलकार विवाद वार्तामार्फत समाधान गर्न रास्वपा ताप्लेजुङको आग्रह

ताप्लेजुङ । ताप्लेजुङमा  निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय ...

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्: विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छ...

मकवानपुरमा चाेर भनेर बाबुआमाले कुट्दा छोराको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेम...

हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न बागलुङ प्रशासनको आग्रह

बागलुङ । शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ । निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy