Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८१ शनिबार | 1st March, 2025 Sat
Investment bank

क्रिप्टो करेन्सीको कारोबार गर्ने गिराेह पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ । नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट  सात जनालाई पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन् । कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए ।

पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन् । यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए । यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन् । पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ । यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ । ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने । 

विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो ।  प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो । यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो ।

‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ ।’ अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ ।

‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने ।

ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ । यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ । 

पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ । छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ । नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ ।

पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन । क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो । शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो । क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ ।

क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ । ‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड

चीन । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ...

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा समस्या

गोरखा । बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिक...

सरकारले भूमि अध्यादेश फिर्ता नलिए जसपा नेपालले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । सरकारले जारी गरेकाे अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यदेश फिर्ता नलिए जनता समाजवादी पार्टी (जसपा)  नेपालले आन्दाेलनकाे तयारी गर्ने भएकाे छ । ...

काठमाडाैंकाे हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्नेलाई महानगरको ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक...

काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा, आइतबारदेखि मौसम खुल्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको ...

कांग्रेसले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा कार्यदल बनाउन प्रस्ताव गर्ने

केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने निष्कर्ष

केबलकार विवाद वार्तामार्फत समाधान गर्न रास्वपा ताप्लेजुङको आग्रह

ताप्लेजुङ । ताप्लेजुङमा  निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय ...

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्: विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छ...

मकवानपुरमा चाेर भनेर बाबुआमाले कुट्दा छोराको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेम...

हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न बागलुङ प्रशासनको आग्रह

बागलुङ । शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ । निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy