Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, पुर्‍याए भारतका बैंकमा तीन अर्बबढी

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्‍याएको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ । यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।  

पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रवातकुमार साह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोज कुमार रहेका छन् ।

ती भारतीय नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र मध्य प्रदेशका हुन् । यसैगरी, प्रहरीले अनलाइन जुवामा संलग्न १४ जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी भीष्म वली रहेका छन् ।

यसैगरी, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रविन विष्ट रहेका छन् । उनीहरू प्यूठान, डोटी र सुर्खेतका छन् । पक्राउ परेकाहरू अधिकांश नेपाली प्यूठानका रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले ललितपुर महानगरपालिका-२ सानेपामा दुई वटा घर भाडामा लिएका थिए । उनीहरूले त्यहाँ कार्यालय नै खोलेका थिए । उनीहरूले व्यावसायिक तरिकाले अनलाइन जुवा खेल्ने/खेलाउने गरेको पाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार उनीहरूले बेटिङ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको भेटिएको छ । उनीहरूले आठ वटाभन्दा बढी बेटिङ साइट प्रयोग गरेर अनलाइन जुवा खेलाउँथे ।
‘बेटिङ खेल्ने भारतीय एजेन्टसँग ह्वाट्सएपमार्फत् सम्पर्क गराउने गरेको अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने ।

पक्राउ परेकाले अनलाइन/अफलाइन दुबै प्रकृतिको जुवा खेलाउने गरेका थिए । हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै निक्षेप गर्ने गरेको र झिक्ने गरेको पाइएको बस्नेतले बताए । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ३ अर्ब ४ करोड ७३ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको बस्नेतले बताए ।

प्रहरीसँगको प्रारम्भिक बयानमा पक्राउ परेकाले विगत छ-सात महिनायता अनलाइन जुवा खेलाएको उल्लेख गरेका छन् । अनलाइन जुवाका लागि १ लाख ६० हजार र १ लाख २० हजारमा सानेपामा उनीहरूले भाडामा घर लिएको पाइएको छ । त्यहीँ हिसाब-किताब गर्ने र नेपालीहरूलाई भने मासिक ३० हजार रुपैयाँ तलब दिएर काममा खटाएको पाइएको एसएसपी बस्नेतले बताए ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२९ अन्तर्गत जुवा खेल्न, सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय ऐन २०१९ अनुसार थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

दुई वटा घरबाट पक्राउ परेकाहरूले प्रयोग गरिरहेका सामग्री बरामद गरिएको छ । ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम, सिमकार्य ८८ थान, चेकबुक १२ थान, भारतीय आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका छन् । बुटवलक...

धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई ...

काठमाडौंका यी स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले फाग...

अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा...

समाजवादी माेर्चाकाे बैठकपछि प्रचण्ड र माधवले भने-इतिहासको रथ पछि फर्किँदैन, राजतन्त्रकाे सपना नदेखे हुन्छ

काठमाडौं । समाजवादी माेर्चाकाे बैठकपछि शिर्ष नेताहरुले इतिहासकाे रथ नफर्ने बताउँदै राजतन्त्रकाे सपना नदेख्न राजावादीहरुलाई सुझाव दिएका छन् । बैठकपछ...

‘डिजिटल मिडिया अलायन्स’ गठन

काठमाडौं । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन...

सात बुँदे सहमतिमा तलमाथि भए दोष कांग्रेसले लिनुपर्छ : गृहमन्त्री लेखक

कैलाली । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा तलमाथि भएत्यसको सबैभन्दा ठूलो दोष कांग्रेसले लिनुपर्ने बताएका ...

मच्छिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले हिमालयन...

मकवानपुरमा पहिरो खसेर स्काभेटर दुर्घटना

मकवानपुर । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ ।  भौतिक पूर्वाधार विकास कार्यालय ह...

बझाङमा एसईईका लागि २० परीक्षा केन्द्र

बझाङ । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्ष...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy