पाेखरा । कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ ।
सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन् । कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको हाे ।
प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । माघ १४ देखि थालिएको उक्त अभियानमा आइतबारसम्ममा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए ।
प्रहरीले चलाएको अभियानमा नियन्त्रणमा परेका अधिकांश मोटरसाइकल बुलेट रहेका छन् । बुलेट मोटरसाइकलको साइलेन्सर पाइपमा स्वरुप परिवर्तन गरेर रबरको पाइप लगाएर आतंक मच्चाउँदै हिँडेको पाइएको छ । उनका अनुसार ती मोटरसाइकल आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ ।
आफ्नो सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि सामाजिक सु-व्यवस्थामा खलल पुर्याउने कार्य भएपछि न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको शर्माले बताए ।
प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ । यो अभियानमा पटक-पटक ध्वनी प्रदुषण गरेको पाइएमा कुनै कसुर आकर्षित गरी कारबाही थाल्ने प्रहरीको योजना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८१ - २१:०७
काठमाडौं । सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्...
फाल्गुन २८ गते, २०८१ - २०:५८
वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेजी गरेको छ । वीरगञ्जका छु...
फाल्गुन २८ गते, २०८१ - २०:५२
इरान । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरा...
फाल्गुन २८ गते, २०८१ - २०:१५
काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, च...
फाल्गुन २८ गते, २०८१ - २०:०९
युवराज कार्की (सन्ताेष) उदयपुर । राष्ट्रिय खेलकुद परिषद सदस्यमा मनोनित भएका कटारी बजारका व्यवसायी प्रयास कार्कीले सपथ लिएका छन् । कार्कीलाई नेपाल स...
फाल्गुन २८ गते, २०८१ - १९:५०
काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्...
फाल्गुन २८ गते, २०८१ - १९:४६
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताएका छन् । ललितपुर...
फाल्गुन २८ गते, २०८१ - १९:४२
काठमाडाैं । प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बुधबार...
फाल्गुन २८ गते, २०८१ - १९:३८
फिलिपिन्स । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनु...
फाल्गुन २८ गते, २०८१ - १९:३३
मस्को । रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेक...
प्रतिकृया लेख्नुहोस्: