Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

सुनकाेशीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ प्रवर्द्धन गर्दै त्रियुगा नगरपालिका

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ र १५ भएर बग्ने सुनकोशी नदी तटीय क्षेत्रका स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले जल पर्यटन प्रवर्द्धनमा नगरपालिका जुटेको छ । सुनकोशी नदी आसपास बस्ने स्थानीयवासीलाई जल पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गर्न त्रियुगा नगरपालिका जुटेको हो ।

जलपर्यटनको विकास गरी कोशी तटीय क्षेत्रका स्थानीयलाई आयआर्जनसँग जोड्ने उद्देश्यले पाँचदिने ‘आधारभूत कायक तथा र्‍याफ्टिङ तालिम’समेत दिइएको छ । नगरपालिकाका अनुसार आधारभूत तालिमपछि व्यावसायिक लेभलको तालिम दिने तयारी छ ।

तालिममा त्रियुगा– १४ र १५ का नाैजना स्थानीय युवाले सहभागिता जनाएका छन् । र्‍याफ्टिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले नगरपालिकाले र्‍याफ्टिङसम्बन्धी आधारभूत तालिम सम्पन्न गरी व्यावसायिक तालिमसमेत दिने भएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए ।

त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा हिमालयन आउटडोर प्रोजेक्टको सहकार्य र होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा र्‍याफ्टिङसम्बन्धी आधारभूत तालिम सञ्चालन भएको थियो । तालिममा सहभागी नाै युवालाई कायक तथा र्‍याफ्टिङसम्बन्धी आधारभूत तहको सर्टिफिकेटसमेत प्रदान गरिएको छ ।

र्‍याफ्टिङको लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गरी आर्यआर्जनसँग जोड्ने नगरप्रमुख बस्नेतको भनाइ छ । र्‍याफ्टिङका लागि रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको क्षेत्रमा पर्ने सुनकोशी नदी सम्भावनायुक्त रहेको र उक्त क्षेत्र जंगल करिडोरमा पर्ने भएकाले यो स्थानमा जल पर्यटन विकास गर्न सके पर्यटन क्षेत्रमा नगरपालिकाले ठुलो फाइदा लिन सक्ने हिमालयन आउटडोर प्रोजेक्टका सञ्चालक तथा प्रशिक्षक अनुप गुरुङले बताए ।

होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले सुनकोशी नदीमा तीन प्रकारका र्‍याफ्टिङ सञ्चालन गर्न सकिने बताए । उनले भने, ‘फोक्निटारदेखि धाप्लाङघाटसम्म १३ किलोमिटर, धाप्लाङघाटदेखि कम्फुघाटसम्म ६ किलोमिटर र धाप्लाङघाटदेखि सप्तकोशीको चतरा कोठुसम्म ५८ किलोटिरमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ ।’

नेशनल जिओग्राफिका अनुसार हाइट (उच्च) वाटर र्‍याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्दछ । त्यसमा पनि फोक्सिनटारदेखि चतरा कोठुसम्म र्‍याफ्टिङको लागि उत्तम मानिने बस्नेतको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...

ट्रम्पलाई नेतन्याहुले दिए ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...

१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...

बाल यौन दुरुपयोग कसुरमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...

दाङमा कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार

नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy