कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै छन् ।
फ्रेडरिक्सनको कार्यालयअनुसार लन्डनमा हुने बैठक ‘युरोपमा सुरक्षा’ मा केन्द्रित हुनेछ । “हामीलाई बलियो युरोप चाहिन्छ जसले नेटोमा बढी योगदान गर्छ र आफ्नै खुट्टामा बढी उभिन्छ”, विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको विशेष उल्लेख नगरी ग्रिनल्यान्ड स्वायत्त डेनिस क्षेत्र हो भन्ने फ्रेडरिक्सनको भनाइ उदृत गर्दै भनिएको छ, “एकै साथ हामीले दोस्रो विश्वयुद्धदेखि शान्ति र समृद्धिको आधार रहेको ट्रान्सएटलान्टिक साझेदारी कायम राख्न हाम्रो भूमिका निर्वाह गर्नुपर्छ ।”
ट्रम्पले संयुक्त राज्यको हिस्सा बन्न उनि आर्कटिक टापु चाहने बारम्बार सङ्केत दिए । ग्रिनल्यान्ड रणनीतिकरूपमा महत्त्वपूर्ण छ र ठुलो अप्रयुक्त खनिज र तेल भण्डारहरू छन् भन्ने विश्वास गरिन्छ । सप्ताहन्तमा प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ग्रिनल्यान्ड अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’का लागि ‘वास्तवमै महत्त्वपूर्ण’ भएको बताए ।
“स्पष्टसँग भन्नुपर्दा ग्रिनल्यान्डलाई नियन्त्रण गर्ने डेनमार्कले आफ्नो काम गरिरहेको छैन र यो राम्रो सहयोगी पनि छैन”, भान्सले भने । सोमबार फ्रेडरिक्सनले डेनमार्क ‘संयुक्त राज्य अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण र उत्कृष्ट सहयोगीहरू मध्ये एक हो’ भनी जोड दिए । गत हप्ता उनले ट्रम्पको धम्कीविरुद्ध युरोपेली सङ्घका परम्परागत शक्ति केन्द्रहरूबाट समर्थन लिन पेरिस र बर्लिनको भ्रमण गरेका थिए ।
ट्रम्प राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले ग्रिनल्यान्डवासीहरू ‘अमेरिकी हुन चाहँदैनन्’ भनी जोड दिए । डेनमार्कका नेताहरूले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो भन्ने कुरामा जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: