Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गर्न ‘इआइए’ स्वीकृत

खबरडबली संवाददाता

उदयपुर । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेको छ ।

सडक विभागले उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो । मङ्गलबार वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए । 

सोमबारको मन्त्रिस्तरीय निर्णयबाट प्रतिवेदन स्वीकृत गरी मन्त्रालयका वातावरण प्रभाव अध्ययन शाखाका वन अधिकृत लोकनाथ घिमिरेले सडक विभाग र वातावरण विभागलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाउनुभएको संसद् रायमाझीले बताए । 

प्रतिवेदनअनुसार निर्माण सुरु गरेको ३० महिनामा काम सम्पन्न गर्ने योजनासहित आयोजनाको कूल लागत ९ अर्ब ४७ करोड रुपैयाँ अनुमान गरिएको छ । उक्त सडक स्तरोन्नति भएमा सिरहाको मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ लगायतलाई मधेससँग प्रत्यक्ष आवतजावत गर्न सहज हुनेछ । 

दशकौँदेखिको स्तरोन्नति हुन नसकेको यस सडकखण्ड स्तरोन्नति गर्ने बाटो खुलेको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । “यो सडक स्तरोन्नतिका लागि हामी सबै डेलिगेसन गएका छौँ, प्रतिवेदन स्वीकृत भएपछि बजेट कार्यान्वयनको बाटो खुल्छ”, उनले भने ।

यस सडकखण्डको लम्बाइ ७२ किलोमिटर रहेको छ । उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिवेदनअनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ, ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने योजना छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

१४३ दलमा १०७ दललाई चुनाव चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक ।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending