Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीको भनाइ

खबरडबली संवाददाता

वासिङ्टन । ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको छ ।

बिहीबार साँझ सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कङ्ग्रेसको कानुनमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा विघटन कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका छन् । युएसएडका दुई वर्तमान कर्मचारी र एक पूर्व वरिष्ठ युएसएड अधिकारीले बिहीबार एजेन्सीका बाँकी वरिष्ठ अधिकारीहरूलाई प्रस्तुत गरिएको प्रशासनको योजनाबारे एसोसिएटेड प्रेसलाई जानकारी दिए । युएसएडका कर्मचारीहरूलाई उनीहरूको एजेन्सी बाहिरका कसैसँग कुरा गर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशका कारण उनीहरूले नाम न छाप्ने सर्तमा बोलेका थिए ।

योजना अनुसार हाल आठ हजार प्रत्यक्ष नियुक्ति र ठेकेदारहरूमध्ये तीन सयभन्दा कम कर्मचारीलाई काममा राखिनेछ । उनीहरूले विदेशमा स्थानीय रूपमा नियुक्त गरिएका पाँच हजार अन्तर्राष्ट्रिय कर्मचारीको अज्ञात सङ्ख्यासँग मिलेर प्रशासनले हाललाई जारी राख्ने भनेका केही जीवन रक्षक कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

तीन सय कर्मचारीमा कटौती स्थायी वा अस्थायी हुने तत्काल स्पष्ट भएको छैन । यसले ट्रम्प प्रशासनले पुनः सुरु गर्न चाहेका सहायता र विकास कार्यक्रमहरूको समीक्षापछि थप कर्मचारीलाई फर्काउन सक्ने सम्भावना छ । प्रशासनले यस हप्ताको सुरुमा विदेशमा तैनाथ लगभग सबै युएसएड कर्मचारीलाई शुक्रबारदेखि ३० दिनभित्र अमेरिका फर्कन निर्देशन दिएको छ । सरकारले उनीहरूको यात्रा र सरुवा खर्च बेहोर्नेछ । विशेष कठिनाई छुट नपाएका कर्मचारीहरूले लामो समय बस्न रोजेमा आफ्नै खर्च बेहोर्नुपर्ने हुनसक्ने कुरा बिहीबार साँझ युएसएडको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार डोमिनिकन गणतन्त्रको भ्रमणका क्रममा अमेरिकी सरकारले विदेशी सहायता प्रदान गर्न जारी राख्ने बताए । “तर यो विदेशी सहायता हाम्रो राष्ट्रिय हितसँग मेल खाने र अर्थपूर्ण हुनेछ”, उनले पत्रकारहरूलाई भने । 

ट्रम्प प्रशासन र बजेट कटौती गर्ने सरकारी दक्षता विभाग सञ्चालन गरिरहेका अर्बपति सहयोगी एलन मस्कले सङ्घीय सरकार र यसका धेरै कार्यक्रमको अभूतपूर्व चुनौतीमा अहिलेसम्म युएसएडलाई सबैभन्दा बढी लक्षित गरेका छन् ।ट्रम्पको जनवरी २० को शपथग्रहणयता व्यापक वित्तीय रोकले विश्वभरका एजेन्सीका अधिकांश कार्यक्रमहरू बन्द गरेको छ र लगभग सबै कर्मचारीलाई प्रशासनिक बिदा वा अवकाशमा राखिएको छ । मस्क र ट्रम्पले युएसएडलाई स्वतन्त्र एजेन्सीका रूपमा हटाउने र जीवित कार्यक्रमहरूलाई विदेश विभागअन्तर्गत सार्ने कुरा गरेका गरेका छन् । 

डेमोक्रेटिक सांसदहरू र अन्यले कांग्रेसको स्वीकृति बिना यो कदम गैरकानूनी भएको बताएका छन् । अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लाइजले आफ्नो मुद्दामा यही तर्क दिएका थिए । मुद्दामा वासिङ्टनको सङ्घीय अदालतलाई युएसएडका भवनहरू पुनः खोल्न, कर्मचारीहरूलाई काममा फर्काउन र वित्तीय सहायता पुनस्र्थापना गर्न बाध्य पार्न माग गरिएको छ ।

सरकारी अधिकारीहरूले ‘अमेरिकी कामदारहरू, विश्वभरका लाखौँ मानिसहरूको जीवन र अमेरिकी राष्ट्रिय हितसँग सम्बन्धित उनीहरूका कार्यहरूको विनाशकारी परिणामलाई स्वीकार गर्न असफल भए’, मुद्दामा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending