नेपालगन्ज । भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा स्वास्थ्य उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलिले मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाएको छ ।
भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने सम्झौता भएको एक सातामै २८ वटा स्वास्थ्य उपकरण मर्मत गरी पुनः प्रयोग गर्न सकिने बनाइदिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले बताए ।
उनले आविष्कार केन्द्रबाट खटिएका इन्जिनियरहरु अविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साहले आइसीयू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्डलगायतका बिग्रिएर थन्किएका उपकरणहरु मर्मत गरेको बताए।
भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, सिटि स्क्यान, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुवेदीले बताए।
राष्ट्रिय आविष्कार केन्द्रको टोलिले अस्पतालमा बिग्रिएर थन्किएका ५६ वटा उपकरणको अध्ययन गरेको थियो । तीमध्ये २८ वटा मर्मत गरेपनि बाँकी मेसिन मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रको माथिल्लो तहसँग समन्वय भइरहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुवेदीले बताए।
१८ वटा मेसिन भने बिक्रेता कम्पनीसँगको परामर्शमा मर्मत गर्न सकिने निष्कर्ष राष्ट्रिय आविष्कार केन्द्रको इन्जिनियर टिमले निकालेको जनाइएको छ ।
भेरी अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका लाखौं मूल्यका मेसिनहरु केन्द्रबाट आएका प्राविधिकको टिमले अत्यन्तै छोटो समयमा मर्मत गर्नु भएको भेरी अस्पताल विकास समितिका सदस्य डा। डक्टप्रसाद धितालले बताए।
उनका अनुसार भेरी अस्पतालले करिव डेढ सय मेसिन मर्मतका लागि सिफारिस गरेको थियो, तर आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले ५६ वटा बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेकोमा एक सातामै २८ वटा मर्मत सम्भार गरेर काम लाग्ने बनाएको छ ।
यसअघि गत भदौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग देशभरका १७ वटा ठुला सङ्घीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतको सम्झौता गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: