रुपन्देही । आन्तरिक राजश्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपियाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ४ अर्ब ७७ करोड ८३ लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको सोही अवधिमा सङ्कलित राजस्व ४ अर्ब ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
साउन देखि पुस मसान्त सम्ममा ६ अर्ब ३३ करोड ३६ लाख ५२ हजार राजश्व सङ्कलनको लक्ष्य पाएको भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। कार्यालयले पौष महिनामा मात्रै १ अर्ब ३ करोड राजश्व सङ्कलन गरेको छ । १ अर्ब २३ करोडको लक्ष्य पाएको कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कबापत ३ अर्ब ७३ करोड सङ्कलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनको भनाई छ ।
प्रमुख कर अधिकृत पोख्रेलले नक्कली भ्याट बिजक बिक्री गर्ने १३ बटा शङ्कास्पद करदाताको छानबिन भइरहेको जानकारी दिनुभयो । उनले शङ्कास्पद कारोबार गर्ने ८९ करदाताको कारोबारको छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिए।
आन्तरिक राजश्व कार्यालयले बजेट मार्फत दिएको विशेष छुटको व्यवस्थापछि बाँकी बक्यौता तिर्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको कार्यालयको जनाएको छ ।
कार्यालयले आय विवरण बुझाउन बाँकी करदातालाई दिएको विशेष छुटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ । कार्यालयले स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ ।
यसै गरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: