झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
दमन नगरपालिका– ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ ।
उनीहरूलाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन । अध्यक्ष प्रचण्डले केही वेरमा खबरदारीसभालाई सम्बोधन गर्दै छन् । आजै विराटनगरमा पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १७:०९
ओलीजी र म जेलमेट भएको कारण हाम्रो सम्बन्ध राम्रो छ
चैत्र १२ गते, २०८१ - १६:५५
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै ...
चैत्र १२ गते, २०८१ - १६:४०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन । सोमबार सा...
चैत्र १२ गते, २०८१ - १६:२९
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबह...
चैत्र १२ गते, २०८१ - १६:१८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)रिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज ने...
चैत्र १२ गते, २०८१ - १६:११
काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक...
चैत्र १२ गते, २०८१ - १६:०२
रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ...
चैत्र १२ गते, २०८१ - १५:५५
वासिंगटन डिसी। अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सबन्धी गरिएको अनुसन्धान प्रतिबेदन सार्बजनिक गरेको छ । सन् १९६३ मा भएको केनेडीक...
चैत्र १२ गते, २०८१ - १५:४६
गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ । उनलाई पक्...
चैत्र १२ गते, २०८१ - १५:३६
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । प्रगतिशील इन्जिनियर्स एस...
प्रतिकृया लेख्नुहोस्: