Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कङ्गोको युद्ध रोक्न राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा आग्रह

खबरडबली संवाददाता

इथियोपिया । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले रुवान्डासमर्थित लडाकूहरूले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को दोस्रो प्रान्तीय राजधानी कब्जा गरेको भोलिपल्ट अफ्रिकी शिखर सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको ‘क्षेत्रीय अखण्डता’को सम्मान गर्न र क्षेत्रीय युद्धबाट जोगिन आग्रह गरेका छन् । 

पूर्वी कङ्गोमा जारी द्वन्द्व रोक्न रुवान्डामाथि अन्तर्राष्ट्रिय दबाब बढेसँगै अदिस अबाबामा सुरु भएको अफ्रिकी युनियनको शिखर सम्मेलनमा द्वन्द्वले चर्चा पाउने निश्चित थियो । 

रुवान्डाका राष्ट्रपति पल कगामे उक्त भेलामा सहभागी भए पनि डिआर कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदी आफ्नो देशमा एम–२३ भनिने मार्च २०२३ अभियान अघि बढेपछि उक्त भेलामा अनुपस्थित थिए । 

गत महिना उत्तरी किवुको प्रमुख प्रान्तीय राजधानी गोमा कब्जा गर्न कङ्गोली सेनालाई परास्त गरेपछि रुवान्डा समर्थित सशस्त्र समूहले छिमेकी दक्षिण किवुमा आक्रमण गरेको थियो । सुरक्षा तथा मानवीय स्रोतका अनुसार शुक्रबार अर्को महत्त्वपूर्ण सहर बुकावुमा अनियन्त्रित रूपमा प्रवेश गर्नुअघि त्यहाँको एक महत्त्वपूर्ण विमानस्थललाई विद्रोहीले कब्जामा लिएका थिए । 

‘‘एम–२३ आन्दोलनको निरन्तरताका कारण दक्षिण किवुमा जारी द्वन्द्वले पूरै क्षेत्रलाई नै धरापमा पार्ने खतरा छ,” गुटेरेसले रुवान्डाको नाम उल्लेख नगरिकन शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेताहरूसँग भने । उनले भने, “क्षेत्रीय तनावलाई कुनै पनि हालतमा रोक्नुपर्छ ।” उनले अगाडि भने, “वार्ता सुरु हुनैपर्छ । डीआरसीको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ ।”

पूर्वी डीआरसीमा क्षेत्रीय द्वन्द्व बढ्दै जाँदा अफ्रिकी सङ्घ (एयू)को डरपोकपूर्ण दृष्टिकोणको आलोचना भएको छ र पर्यवेक्षकहरूले थप निर्णायक कदम चाल्न उससँग माग गरेका छन् । युरोपेली सङ्घ (इयू) ले शनिबार बुकावुको समाचारपछि सबै विकल्पमा तत्काल विचार गरिरहेको बताएको छ । “डीआरसीको क्षेत्रीय अखण्डताको निरन्तर उल्लङ्घन अनुत्तरित हुनेछैन,” विज्ञप्तिमा भनिएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकी नेताहरूले फेब्रुअरी ८ मा पाँच दिनभित्र ‘तत्काल र बिनाशर्त’ युद्धविराम गर्न आह्वान गरेका थिए । एयू आयोगका निवर्तमान अध्यक्ष मौसा फाकी महमतले शुक्रबार एएफपीसँग कुरा गर्दै ‘युद्धविरामको पालना गर्नैपर्छ’ भन्दै अफ्रिकी राष्ट्रहरूबीच झडप रोक्न ‘सामान्य जनशक्ति परिचालन’ भइरहेको बताए । 

सम्मेलनका आयोजक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले द्वन्द्व समाधान, कूटनीति र शान्ति स्थापना आफूहरूको प्रयासको केन्द्रविन्दुमा रहनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझसम्म चलेको द्वन्द्वप्रति समर्पित एयूको शान्ति तथा सुरक्षा परिषद्को बैठकमा कागामे र सिसेकेडी सहभागी थिएनन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending