Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अध्यादेश थन्क्याउने काम एकीकृत समाजवादीले गर्छ: नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले उहाँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिए । 

उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्‍यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौँ । दुवैले सल्लाह गर्‍यौँ । प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’

अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको जिकिर गरे । एमालेले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउँदै पार्टीको रूपमा नचलेको पनि बताए । उनले एमालेका कार्यकर्तालाई कम्युनिस्ट पार्टीकाे चरित्र निर्माण गर्न आग्रह गरे ।

उनले संसद् अधिवेशन बोलाउन ढिलाइ भइसक्दा पनि नबोलाउने र हतार हतार अध्यादेश ल्याउने कामबाटै सरकार बिचौलियाको प्रभावमा परेको दाबी गरे । 

सरकारले हालै दर्ता गराएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि गलत नियत रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमहरूले कसेको आलोचना गरेर समाचार लेख्नसमेत नपाउने दाबी गरे । आलोचना गरेर समाचार लेखे त्यस्ता सञ्चारमाध्यमलाई आर्थिक जरिवाना र जेलसम्मको दण्ड दिने नियत सरकारको रहेको उनको भनाइ थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending