काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले उहाँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिए ।
उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्यौँ । दुवैले सल्लाह गर्यौँ । प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’
अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको जिकिर गरे । एमालेले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउँदै पार्टीको रूपमा नचलेको पनि बताए । उनले एमालेका कार्यकर्तालाई कम्युनिस्ट पार्टीकाे चरित्र निर्माण गर्न आग्रह गरे ।
उनले संसद् अधिवेशन बोलाउन ढिलाइ भइसक्दा पनि नबोलाउने र हतार हतार अध्यादेश ल्याउने कामबाटै सरकार बिचौलियाको प्रभावमा परेको दाबी गरे ।
सरकारले हालै दर्ता गराएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि गलत नियत रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमहरूले कसेको आलोचना गरेर समाचार लेख्नसमेत नपाउने दाबी गरे । आलोचना गरेर समाचार लेखे त्यस्ता सञ्चारमाध्यमलाई आर्थिक जरिवाना र जेलसम्मको दण्ड दिने नियत सरकारको रहेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - २१:१५
काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता...
चैत्र ११ गते, २०८१ - २१:०१
ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आद...
चैत्र ११ गते, २०८१ - २०:५६
काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको...
चैत्र ११ गते, २०८१ - २०:५०
काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गरेसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले नियुक्ति पाएका छन् । आज सोमबार साँ...
चैत्र ११ गते, २०८१ - २०:३८
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निर्णय गरेकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ...
चैत्र ११ गते, २०८१ - १९:५७
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सिंहदरबार...
चैत्र ११ गते, २०८१ - १९:५१
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ ग...
चैत्र ११ गते, २०८१ - १९:४८
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्ष...
चैत्र ११ गते, २०८१ - १९:४५
काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ । हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर टिकट बिक्री गरेको आरोपमा प...
चैत्र ११ गते, २०८१ - १९:४२
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस यतिबेला कठिन अवस्थाबाट गुज्रिरहेका छन् । भर्खरै उनको आमा गम्भीर बिरामी भई आईसीयू (सघन उपचार कक्ष) मा भर्न...
प्रतिकृया लेख्नुहोस्: