लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते भए ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरे । “लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,” आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई बताए ।
“यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,“ उनले थपे । उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भए । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।
युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरे । लेबनानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उहाँले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १७:४२
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो...
चैत्र १२ गते, २०८१ - १७:३८
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ । पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने ज...
चैत्र १२ गते, २०८१ - १७:३४
पाेखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मङ्गलबार पारित भएको छ । प्रदेश...
चैत्र १२ गते, २०८१ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनु सरकारकाे कायरता भएकाे बता...
चैत्र ११ गते, २०८१ - २१:१५
काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता...
चैत्र ११ गते, २०८१ - २१:०१
ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आद...
चैत्र ११ गते, २०८१ - २०:५६
काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको...
चैत्र ११ गते, २०८१ - २०:५०
काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गरेसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले नियुक्ति पाएका छन् । आज सोमबार साँ...
चैत्र ११ गते, २०८१ - २०:३८
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निर्णय गरेकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ...
चैत्र ११ गते, २०८१ - १९:५७
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सिंहदरबार...
प्रतिकृया लेख्नुहोस्: