बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको छ । विशेषगरी घुम्ती बस्ती भएको पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसी र तमानखोला गाउँपालिकामा खोप लगाउने उमेर समूहका किशोरीहरु नछुटुन् भनेर खोज पड्ताल अभियान सञ्चालन गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीहरुको खोजी गरिरहेका छन् । विद्यालयको पहुँचमा भएकाहरु नछुटेका भए पनि कतिपय पहुँचमै नभएकाहरु छुट्न सक्ने भएकाले खोजी भइरहेको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले बताए।
‘‘विद्यालय नपढेका, अपाङ्गता भएका किशोरी पनि नछुटुन् भन्ने हो,’’ शर्माले भने, ‘‘विवाह गरेर गएका किशोरीहरुको पनि खोजी भइरहेको छ ।’’ ढोरपाटन नगर र तमानखोला गाउँपालिकाका अति विकट क्षेत्रमा बालविवाह गर्नेको सङ्ख्या बढी छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार विद्यालयबाहिर रहेका बागलुङ ९७ जना किशोरीले एचपिभीविरुद्धको खोप लगाएका छन् । बागलुङका ४, जैमिनीका ५, गलकोटका १०, ढोरपाटन नगरपालिकाका २२, काठेखोलाका ४, बरेङ र तमानखोलाका १/१ र बडिगाडका १९ र निसीखोला गाउँपालिकाका ३१ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।
खत्रीका अनुसार विद्यालयबाहिर रहनुभएका अधिकांश किशोरीलाई विद्यालयमै र केही किशोरीलाई स्वास्थ्य संस्थामा खोप लगाइएको हो । बागलुङमा माघ २२ देखि सुरु भएको खोप अभियान फागुन ३ गते सकिएको छ । खोप अभियान सकिए पनि ६ गते मङ्गलबारसम्म छुटेका किशोरीहरुलाई स्वास्थ्यकर्मीले घर घरमा खोजी गरी खोप लगाउन बुर्तिवाङ अस्पताल र धौलागिरि प्रादेशिक अस्पताल बागलुङ बजारमा रहेको वडा नं.२ अन्तर्गतको संस्थागत क्लिनिक(एमसिएच) मा खोप लगाइने खत्रीले बताए।
अभियानको निर्धारित समयमा बागलुङका ११ हजार एक सय ३१ किशोरीले एचपिभी खोप लगाएका छन् । जिल्लामा ११ हजार पाँच सय ५५ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्यको लक्ष्य थियो । अभियानलाई सफल बनाउन तीन सय १५ स्वास्थ्यकर्मी र ६ सय २६ जना स्वयंसेविका परिचालन गरिएको थियो भने ३१२ खोप केन्द्र तय गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: