Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

बागलुङमा एचपिभी खोप लगाउन छुटेका किशोरीको खोजी अभियान

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको छ । विशेषगरी घुम्ती बस्ती भएको पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसी र तमानखोला गाउँपालिकामा खोप लगाउने उमेर समूहका किशोरीहरु नछुटुन् भनेर खोज पड्ताल अभियान सञ्चालन गरिएको हो ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीहरुको खोजी गरिरहेका छन् । विद्यालयको पहुँचमा भएकाहरु नछुटेका भए पनि कतिपय पहुँचमै नभएकाहरु छुट्न सक्ने भएकाले खोजी भइरहेको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले बताए।

‘‘विद्यालय नपढेका, अपाङ्गता भएका किशोरी पनि नछुटुन् भन्ने हो,’’ शर्माले भने, ‘‘विवाह गरेर गएका किशोरीहरुको पनि खोजी भइरहेको छ ।’’ ढोरपाटन नगर र तमानखोला गाउँपालिकाका अति विकट क्षेत्रमा बालविवाह गर्नेको सङ्ख्या बढी छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार विद्यालयबाहिर रहेका बागलुङ ९७ जना किशोरीले एचपिभीविरुद्धको खोप लगाएका छन् । बागलुङका ४, जैमिनीका ५, गलकोटका १०, ढोरपाटन नगरपालिकाका २२, काठेखोलाका ४, बरेङ र तमानखोलाका १/१ र बडिगाडका १९ र निसीखोला गाउँपालिकाका ३१ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।

खत्रीका अनुसार विद्यालयबाहिर रहनुभएका अधिकांश किशोरीलाई विद्यालयमै र केही किशोरीलाई स्वास्थ्य संस्थामा खोप लगाइएको हो । बागलुङमा माघ २२ देखि सुरु भएको खोप अभियान फागुन ३ गते सकिएको छ । खोप अभियान सकिए पनि ६ गते मङ्गलबारसम्म छुटेका किशोरीहरुलाई स्वास्थ्यकर्मीले घर घरमा खोजी गरी खोप लगाउन बुर्तिवाङ अस्पताल र धौलागिरि प्रादेशिक अस्पताल बागलुङ बजारमा रहेको वडा नं.२ अन्तर्गतको संस्थागत क्लिनिक(एमसिएच) मा खोप लगाइने खत्रीले बताए। 

अभियानको निर्धारित समयमा बागलुङका ११ हजार एक सय ३१ किशोरीले एचपिभी खोप लगाएका छन् । जिल्लामा ११ हजार पाँच सय ५५ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्यको लक्ष्य थियो । अभियानलाई सफल बनाउन तीन सय १५ स्वास्थ्यकर्मी र ६ सय २६ जना स्वयंसेविका परिचालन गरिएको थियो भने ३१२ खोप केन्द्र तय गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending