Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

खबरडबली संवाददाता

नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । मध्यविन्द नगरपालिकाले वडा सातमा रहेको नवजागरण नमुना माविको रङ्गशालमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो । 

बिहीबार पालिकाले पत्रकार सम्मेलन गर्दै  महोत्सवको  बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिक/अनुसन्धानकर्ता बिच अन्तक्रिया गर्ने अवसर सृजना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजन गर्न लागिएको जानकारी दिए । 

यस्तै सर्वसाधरणहरूमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी पुर्‍याउन, स्थानीय उत्पादनको बजार प्रवर्धनमा सहयोग पुर्‍याउनका साथै कृषि बाली तथा पशुपक्षी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्था मार्फत कृषि कर्जाका लागि सहजीकरण गर्न मद्दत पुग्ने अपेक्षा समेत यस कार्यक्रमबाट लिएको  नगर प्रमुख अधिकारीले बताए । 

कार्यक्रम अवधिभर आधुनिक कृषि प्रविधि, जैविक कृषि, स्मार्ट कृषि उपकरण, रैथाने बिउबिजन तथा मलको प्रदर्शनी र बिक्री, कृषि विज्ञ सरोकारवालासँग अन्तरसंवाद, विभिन्न भेगका रैथाने परम्परागत परिकारहरूको प्रदर्शनी, स्वाद परीक्षण तथा बिक्री, अन्तर विद्यालय कृषि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिका कार्यक्रम हुने अधिकारीले बताए । 

महोत्सवमा स्थानीय कृषकहरू, कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी, कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी, व्यवसायी तथा स्थानीय उत्पादक, सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरेर २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा रहेको अधिकारीले बताए । 

प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आँकलन गरिएको छ । महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानाका लागि स्टल प्रवेशलाई निः शुल्क गरिएको छ भने अन्य केही (होटेल तथा अन्य व्यावसायिक प्रतिष्ठान) स्टलहरूका लागि रकम लिने तयारी गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending