Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

लमजुङमा आठजना किसान तथा उद्योगी पुरस्कृत

खबरडबली संवाददाता

लमजुङ । लमजुङको आठजना किसान तथा साना उद्योगी पुरस्कृत भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योगीलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनु हुनेमा मस्र्याङ्दी गाउँपालिका –७ उस्ताबेसीका साइला दाइको बाख्रा तथा फलफुल फर्मका सञ्चालक डम्बर भुजेल, बेसीसहर नगरपालिका –११ को राधाकृष्ण आमा समूह र समृद्ध आमा समूह, बेसीसहर नगरपालिका –८ को नमूना स्टोर्सको सञ्चालक शिला तामाङ, सिलाइकटाई ब्यवसायी गीता प्रधान रहेका छन् । 

यसैगरी क्ब्होंलासोंथर गाउँपालिका –३ को आदी मौरीपालन उद्योगका सञ्चालक डिल्लेश्वर गुरुङ, बेसीसहर नगरपालिका –२ को लक्ष्मी कृषि तथा पशुपालन फार्मका सञ्चालक लक्ष्मी अधिकारी र सुन्दरबजार नगरपालिका –९ को शुलभ राइस मिलका सञ्चालक विष्णु श्रेष्ठलाई सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका महासचिव वेदराज खनियाँले जानकारी दिए । 

महासंघमा पुनः लामिछाने

नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङको अध्यक्षमा पुनः श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा विकाश श्रेष्ठ, उपाध्यक्षमा भरतबहादुर बिष्ट, महिला उपाध्यक्षमा कल्पना थापा बोहोरा, महासचिवमा बेदराज खनिया, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शंकर बस्नेत चयन भएका छन् । 

कार्यसमिति सदस्यमा यज्ञनारायण श्रेष्ठ, दिपज्योति प्रधान, कुमारबहादुर विष्ट, कृष्णबहादुर देउजा, शारदा खनियाँ, अस्मिता पौडेल, शोभा पन्थी, महिला सदस्यमा अनिता बोहोरा र पुष्पकला मिश्र निर्वाचित भएका हुन् । 

त्यस्तै, महासंघको महिला उद्यमी समिति अध्यक्षमा कल्पना बोहोरा निर्वाचित भएकी छिन् । समितिको उपाध्यक्षमा इन्दु न्यौपाने, महासचिवमा राजकुमारी श्रेष्ठ, सचिवमा सायरा मिया निर्वाचित भएका छन् । सदस्यमा सानुमाया श्रेष्ठ, निकिता श्रेष्ठ, सरस्वती श्रेष्ठ (क), जनक घिमिरे, विमाया तामाङ, सरस्वती श्रेष्ठ (ख) निर्वाचित भए । 

अधिवेशनको उद्घाटन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले महासंघले उद्यामी तथा व्यवसायीको उत्थान र प्रवर्धनको क्षेत्रमा काम गर्न महासंघलाई आग्रह गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सूर्य कंडेलले जिल्लामा रहेको महिलालाई पनि उद्यममा जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending