Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त

खबरडबली संवाददाता

जेनेभा । इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैङ्क) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गरेका छन् । 

इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन् ।

एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा भने, “इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लङ्घनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।” प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागू भएलगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठुलो आक्रमण सुरु गरेको थियो । 

जेनिन, तुलकारेम र टुबास शहरनजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैंकको आक्रमण विस्तारै विस्तार हुँदै गएको छ । आइतबार पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्याङ्कर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो ।

सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो । सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिसा बढेको छ ।

गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्वमाथि सोमबार जोड दिएका छन् । उनले भने, “हामी अनिश्चित युद्धविरामको साक्षी बनिरहेका छौं । हामीले कुनै पनि हालतमा शत्रुताको पुनरुत्थानबाट बच्नुपर्छ । गाजाका जनताले पहिले नै धेरै दुःख भोगेका छन्,” उनले भने । 

उनले भने, “यो स्थायी युद्धविरामको समय हो, बाँकी रहेका सबै बन्धकहरूको सम्मानजनक रिहाई, दुई–राज्य समाधानको दिशामा अपरिवर्तनीय प्रगति, कब्जाको अन्त्य र गाजालाई एक अभिन्न अङ्गको रूपमा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना यसको निर्दिष्ट लक्ष्य हुनुपर्छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending