Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विद्यालय शिक्षा विधेयक पारित भएपछि शैक्षिक समस्या समाधान हुन्छ: राष्ट्रियसभा अध्यक्ष

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भए शिक्षासम्बन्धी धेरै समस्या समाधान हुने बताएका छन् । 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न सके शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताए । 

पञ्चायतकालीन शिक्षा ऐनबाट निर्देशित हुनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रमा रहेका अनगिन्ती समस्याको समाधानका लागि विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्नेमा जोड दिए । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा रहेको चर्चा गर्दै अध्यक्ष दाहालले भने, “यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”

मौलिक हकको कार्यान्वयनका लागि बनाउनुपर्ने थुप्रै कानुनहरू समयमै बन्न नसक्दा जनतामा निराशा बढेको भन्दै अध्यक्ष दाहालले भने, “ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि कयौं व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूति भएको छ ।”

उनले जारी हिउँदे अधिवेशनबाट निजामती विधेयक, प्रहरी समायोजन विधेयक, भ्रष्टाचारसँग सम्बन्धी विधेयक लगायतका अति आवश्यक विधेयकहरू पारित हुने विश्वास व्यक्त गरे । स्थानीय सरकारले व्यावसायिक र सीपमूलक शिक्षाको विकास गर्न नीति नै अवलम्बन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले प्राविधिक शिक्षाले गाउँमै रोजगार सिर्जना गर्न सक्ने वातावरण तयार गर्ने बताए । 

सूचना प्रविधिको विकासले विश्व नै एउटा गाउँजस्तै बनाइदिएको भन्दै उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षाको विकासका लागि पहल गर्न जरूरी रहेको बताए । संविधानमै विद्यालय शिक्षाको मुख्य जिम्मेवारी तीन तहका सरकारमध्ये स्थानीय तहलाई रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले विद्यालयका शैक्षिक कार्यक्रम, शिक्षण तथा विद्यार्थीको पढाइको गुणस्तरियता जस्ता विषयमा जनप्रतिनिधि र अभिभावकको प्रत्यक्ष निगरानी र सकारात्मक हस्तक्षेप जरूरी रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending