रतुवाबाई। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
आज जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिए । हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरुले अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए ।
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काङ्ग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सँधै कमजोर हुने अवस्था अब आउन नदिने बताए । अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरुसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि सङ्कल्पसहित जनतामा आएको बताए ।
गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीको विशेष स्मरण गरेको बताए । अहिलेको सरकार दुबै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको बताए ।
पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्याको नयाँ युग सुरु गरिएको स्मरण गराउँदै उनले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महाअभियान सुरु गरेको जानकारी गराए ।
सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्त्वपूर्ण थालनी गरिएको बताए ।
आफूले प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उनले स्पष्ट गरे । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरुले काङ्ग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे । अध्यक्ष प्रचण्डले सरकार जसरी र जुन उद्देश्यले बनेको हो, अहिले त्यही उद्देश्य पूरा गर्न भ्रष्टचारीहरुको संरक्षणमा लागिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: