Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको तयारी पूरा

खबरडबली संवाददाता

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको मकालु गाउँपालिकाको आयोजनामा हुन लागेको मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको तयारी पूरा भएको छ । मकालु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु महोत्सव तथा मकालु प्लाटिनम जुविली र दक्षिण एसियाली साहित्यिक सम्मेलनको आयोजना गरिएको हो ।

भोलि बुधबार (१४ फागुनदेखि) १७ फागुनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मकालु गाउँपालिकाका अध्यक्ष ओङदीछिरिङ शेर्पाले बताए । उनले आन्तरिक तथा वाह्य पर्यटनको वृद्धिको लागि महोत्सवको आयोजना गरिएको बताए । ‘गतवर्षदेखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको महोत्सव तथा प्रचारप्रसारका कारण मकालु हिमाल आरोहण गर्नेको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड राजश्व संकलन हुन मुस्किल थियो तर महोत्सवको प्रभावले आर्थिक वर्ष ०८०/८१ मा एक करोड ८० लाख राजश्व संकलन भएको छ । यो वर्ष दुई करोड राजश्व संकलन गर्ने लक्ष्य छ ।’ अध्यक्ष शेर्पाले भने, ‘संकलन भएका राजश्वको करिब १५ प्रतिशत महोत्सव सञ्चालनमा खर्च हुँदै आएको छ ।’

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरूलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरू, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । कार्यक्रममा भारतको आसाम, सिक्किमलगायत प्रान्तका चर्चित कवि तथा साहित्यकार, नेपालका प्रसिद्ध गायक तथा कविहरूको उपस्थिति रहने छ । लोकदोहोरी गायक राजु परियार, आशा बिसी, गीता योञ्जन, फुलन्देकी आमा (उमेश राई)लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

विश्वको पाँचौ अग्लो हिमाल मकालुमो उचाइ आठ हजार चार सय ६३ मिटरमा छ । सन् ५ मे १९५५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ ले यो हिमाल पहिलो पटक आरोहण गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending