Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अफगानिस्तानमा एक वृद्ध बेलायती दम्पती पक्राउ

खबरडबली संवाददाता

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् । विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पतीलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले बताएका छन् । 

उनले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गरेका छन् । सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो ।

पक्राउ परेका बेलायती दम्पतीकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताए । 

“हाम्रा आमाबाबुले सधैं तालिबानसँग मिलेर कार्यक्रम सञ्चालन गर्न चाहेकोले हामी उनीहरूलाई यो हिरासतको कारण बताउने मौका दिन चाहन्थ्यौं,” उनले भने । “तर, तीन हप्ताभन्दा बढीको मौनता पछि, हामी अब प्रतीक्षा गर्न सक्दैनौं । अब हामी बेलायती वाणिज्य दूतावासलाई तत्काल हामीलाई जवाफ दिलाउन र उनीहरूको रिहाईका लागि तालिबानमाथि सक्दो दबाब दिन आग्रह गरिरहेका छौँ ।

तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सन् १९७० मा काबुलमा विवाह गरेका रेनोल्ड्स सन् २०२१ मा तालिवानले कब्जा गरेपछि बेलायती दूतावासले आफ्ना कर्मचारी फिर्ता बोलाएपछि अफगानिस्तान मै रहेका थिए ।

‘द सन्डे टाइम्स’ पत्रिकाका अनुसार फेब्रुअरी १ मा पक्राउ गरिएको घटना ३० वर्षभन्दा माथिका अफगान आमाहरूलाई अभिभावकत्वसम्बन्धी सीप सिकाउनेसँग सम्बन्धित थियो । “मेरी आमा ७५ वर्षकी हुनुहुन्छ र मेरो बुवा लगभग ८० वर्षका हुनुहुन्छ । बुवालाई हल्का मुटुको समस्या देखिएपछि औषधी लिने गर्नुभएको छ,” एन्ट्विस्टलले पत्रिकासँग भने । 

“उनीहरू आफूले मन पराएको देशलाई सहयोग गर्ने कोसिस गरिरहेका थिए । उनीहरूले आमालाई बच्चाका साथ सिकाउँदै थिए भनेर उनीहरूमाथि लगाइएको आरोप अपमानजनक छ,” उनले थपे । मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा ती दम्पतीलाई पक्राउ गरिएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending