लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् । विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पतीलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले बताएका छन् ।
उनले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गरेका छन् । सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो ।
पक्राउ परेका बेलायती दम्पतीकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताए ।
“हाम्रा आमाबाबुले सधैं तालिबानसँग मिलेर कार्यक्रम सञ्चालन गर्न चाहेकोले हामी उनीहरूलाई यो हिरासतको कारण बताउने मौका दिन चाहन्थ्यौं,” उनले भने । “तर, तीन हप्ताभन्दा बढीको मौनता पछि, हामी अब प्रतीक्षा गर्न सक्दैनौं । अब हामी बेलायती वाणिज्य दूतावासलाई तत्काल हामीलाई जवाफ दिलाउन र उनीहरूको रिहाईका लागि तालिबानमाथि सक्दो दबाब दिन आग्रह गरिरहेका छौँ ।
तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सन् १९७० मा काबुलमा विवाह गरेका रेनोल्ड्स सन् २०२१ मा तालिवानले कब्जा गरेपछि बेलायती दूतावासले आफ्ना कर्मचारी फिर्ता बोलाएपछि अफगानिस्तान मै रहेका थिए ।
‘द सन्डे टाइम्स’ पत्रिकाका अनुसार फेब्रुअरी १ मा पक्राउ गरिएको घटना ३० वर्षभन्दा माथिका अफगान आमाहरूलाई अभिभावकत्वसम्बन्धी सीप सिकाउनेसँग सम्बन्धित थियो । “मेरी आमा ७५ वर्षकी हुनुहुन्छ र मेरो बुवा लगभग ८० वर्षका हुनुहुन्छ । बुवालाई हल्का मुटुको समस्या देखिएपछि औषधी लिने गर्नुभएको छ,” एन्ट्विस्टलले पत्रिकासँग भने ।
“उनीहरू आफूले मन पराएको देशलाई सहयोग गर्ने कोसिस गरिरहेका थिए । उनीहरूले आमालाई बच्चाका साथ सिकाउँदै थिए भनेर उनीहरूमाथि लगाइएको आरोप अपमानजनक छ,” उनले थपे । मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा ती दम्पतीलाई पक्राउ गरिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: