नवलपुर । नवलपुर जिल्लामा जनयुद्धमा सहिद भएका परिवारलाइ सम्मान गरिएको छ । जिल्लामा २०५२ साल फागुन १५ गते पहिलो सहिद भएकाको सम्झनामा बिहिबार ८६ जना सहिदका परिवारलाइ सम्मान गरिएको हो ।
द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरले जिल्लामा १०३ सहिद परिवार रहेको तथ्याङ्क निकालेको भएपनि सम्पर्कमा आएका ८६ जनाको परिवारलाइ सम्मान गरिएको सञ्जालले जनाएको छ । सञ्जालको तथ्याङ्क अनुसार जिल्लामा ३०४ परिवार द्वन्द्वपीडित छन् । त्यस्तै द्वन्द्वका क्रममा मृत्यु भएका १०२ जना र २९ जना बेपत्ता छन् ।
द्वन्द्वबाट पीडित तथा प्रभावित महिला, बालिका तथा सहिद परिवारको सरोकारका विषयमा अर्थपूर्ण सहभागिता एवं आत्म सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्न अझै पनि नसकेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले बताइन ।
जिल्ला शिक्षा विकास समन्वय एकाइ नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठले जिल्लामा सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपीट, शारीरिक तथा मानसिक यातना, बलात्कार, यौनहिंसा लगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाइ छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।
कक्षा १ देखि ५ सम्म १२ हजार, ६ देखि ८ सम्म १४ हजार, ९ देखि १० सम्म १६ हजार र ११ देखि १२ सम्म १८ हजार छात्रवृत्ति प्रदान गरिने उनले बताए । यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थप भएको सूचना समन्वय एकाइमा आएको बताउँदै उहाहरुलाइ आगामी आर्थिक वर्षबाट छात्रवृत्तिको व्यवस्था गरिने बताए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले द्वन्द्व प्रभावितहरुको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरु जिम्मेवार भूमिका रहेको बताए । देश निमार्णका लालि बलिदानी दिने सहिदको सम्झनामा एक दिन मात्र सम्झने भन्दा पनि उनिहरुको परिवारको हक हितका लागि बनेका कानुनले सार्थकता पाउनु पर्नेमा जोड दिए ।
सशस्त्र जनयुद्धमा सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपीट, सबैको बराबर अधिकार रहेकाले यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८२ - २०:४५
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा...
बैशाख २३ गते, २०८२ - २०:४१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई स...
बैशाख २३ गते, २०८२ - २०:३५
कैलाली । कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमप...
बैशाख २३ गते, २०८२ - २०:२६
अमेरिका । क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी तट...
बैशाख २३ गते, २०८२ - २०:२२
गाजा । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमब...
बैशाख २३ गते, २०८२ - १९:५२
ब्रसेल्स । इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अ...
बैशाख २३ गते, २०८२ - १९:५०
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्र...
बैशाख २३ गते, २०८२ - १९:४६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताए । ...
बैशाख २३ गते, २०८२ - १९:४२
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालक...
बैशाख २३ गते, २०८२ - १८:५८
संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको ...
प्रतिकृया लेख्नुहोस्: