अस्ट्रेलिया । एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ)ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन विडारी, उप–महासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लिला भण्डारी रहेका छन् । साथै सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेको जनाइएको छ ।
नेपाल पुर्ख्यौली भइ भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए । नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेकाले नेपाली कला संस्कृती जगेर्ना गर्ने उद्देश्यले संस्थालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरिएको हो । अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौ भन्दै सबैले यसमा येगदान दिनुपर्नेमा जोड दिए । उनले नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन आग्रह समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलिया नेप्लिज जर्नालिस्ट एशोशियसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
गत वर्षको मार्च २४ मा थाइल्याण्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा बेलायत, पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भिम बस्नेतले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:५२
इन्डोनेसिया । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय ...
मंसिर २४ गते, २०८२ - १७:४९
काठमाडाैं । चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई प्रहर...
मंसिर २४ गते, २०८२ - १७:४७
अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककार...
मंसिर २४ गते, २०८२ - १७:४३
उदयपुर । विभिन्न बामपंथी शक्तिहरुकाे एकताबाट बनेकाे नेपाली कम्युनिस्ट पार्टी उदयपुरकाे एकता सन्देशसभा आगामी मंसिर २६ गते आयाेजना हुने भएकाे छ । नेप...
मंसिर २४ गते, २०८२ - १७:४१
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा यस वर्ष राष्ट्रिय न्वागी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव तीन...
मंसिर २४ गते, २०८२ - १७:३९
नवलपुर । नवलपुरको देबचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् । सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने ...
मंसिर २४ गते, २०८२ - १७:३६
सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ...
मंसिर २४ गते, २०८२ - १७:३४
दोलखा । दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार...
मंसिर २४ गते, २०८२ - १७:३२
काठमाडौँ । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमब...
मंसिर २४ गते, २०८२ - १७:३०
पाकिस्तान । पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण ज...




प्रतिकृया लेख्नुहोस्: