भियना । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओइभिपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ । फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्याएको छ ।
अस्ट्रियाको पहिलो अति दक्षिणपन्थी नेतृत्वको सरकारबारे एफपिओई र ओइभिपीबिच भएको वार्ता यसै महिना टुटेको थियो । गत जनवरीमा सरकार गठनको पहिलो प्रयास असफल भएपछि ओइभिपी, सोसल डेमोक्र्याट्स (एसपिओई) र उदारवादीहरूले पुनः गठबन्धन वार्ता सुरु गरेका थिए । ओइभिपीका नेता क्रिश्चियन स्टकरले एसपिओई र उदारवादीहरूसँग ‘साझा कार्यक्रम’ सहमति भएको र बिहीबार प्रस्तुत गरिने बताए ।
“पछिल्ला दिनहरूमा साझा कार्यक्रमका लागि दिन रात काम भइरहेको छ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । देशको आधुनिक इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार नभएको अवस्थामा राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले पार्टीका नेताहरूलाई छिटो सम्झौता गर्न आह्वान गरेका थिए । करिब ९० लाख जनसङ्ख्या भएको देशमा सन् १९८७ देखि शासन गर्दै आएको ओइभिपीले यसअघि नै एसपिओईसँग कैयौँ पटक सरकारमा सहकार्य गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: