Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

भारतमा बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू

खबरडबली संवाददाता

भारत । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ छिन् । पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।

भाट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहेकी छिन् । जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् । अड्तीस वर्षीया भाटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य सहेकी थिइन् । तिनीहरूले उनिसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त हुनुहन्छ कि हुनुहुन्न भन्ने प्रश्न गर्दथिइन् । 

तर उद्योगमा एक दशकपछि उनि बेङ्गलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुगेका थिए र र सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गरेकी थिइन् । “एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ। रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म”, भाटले भनिन्, “हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो... हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।”

सरकारी तथ्याङ्कअनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेङ्गलुरु लामो समयदेखि प्रसिद्ध छ । यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ । यसले बेङ्गलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेङ्गलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् ।

आधिकारिक तथ्याङ्कअनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो । तुलनात्मक रूपमा तिनीहरूले बेङ्गलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकाङ्क्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठुलो सङ्ख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ । 

रोल मोडेल

तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि छिन् । उनि औषधी अनुसन्धानकर्ताका रूपमा काम गर्न बेङ्गलुरु गएकी थिइन् । आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित गरिन् । सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उनको बाटोले उनलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्याए । 

“त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै... तपाईले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ”, उनले भनिन् । चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरिन । यसले सहरका ब्रुपबहरूमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ । 

“म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु”, पाइरेसले भनिन्, “उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।”

कटु पुरुष, कटु बियर

भाट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् ।  पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ ।

त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो । “यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो”, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भनिन् । 

भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक थिए । भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ ।

मदिरापान भारतीयहरूको सानो अल्पसङ्ख्यकमा पनि लिङ्गहरू बीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले ग्रहण गर्छन् । बारहरूमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ । चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्दै छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE