मस्को । रुसी र अमेरिकी अधिकारीहरुबीच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता हुन लागेको हो ।
वार्तामा दुबै पक्षको कुटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन । रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्ध लाई पुनस्र्थापित गर्ने प्रयास गरेका छन् । उनले रूसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका हुन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो । मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसङ्घमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो ।
नेटो सदस्य टर्कीएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ र टर्कीएले सन् २०२२ मार्चमा मस्को र किएभबीच दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: