Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

गण्डकी प्रदेश सभामा चार विधेयक पेश

खबरडबली संवाददाता

पाेखरा । गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन् । सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गरे । 

सभामा मुख्यमन्त्रीको तर्फबाट सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ‘प्रदेश निजामति सेवा ऐन २०७५’ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरे । सरकारले यसअघि ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याइएको हो ।

बिहीबारै बेठकमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ‘गण्डकी प्रदेशमा विद्युत् विकास गर्न बनेको विधेयक’ प्रस्तुत गरे । सभामा उनले ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार व्यवस्था गर्न बनेको विधेयक’ पनि पेश भएको छ ।

बैठकमा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन सभामा प्रस्तुत गरे । विधेयकमाथि विभिन्न समितिमा छलफल भएपछि प्रतिवेदनसहित विधेयक सदनमा प्रस्तुत भएको हो ।

बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले राजतन्त्रकालीन समयका आन्दोलनहरु स्मरण गरे । उनले भने, “राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याउने हामी अझै जिउँदै छौं । मेरो शरीरमा यातनाका दाग छन् ।” पछिल्लो समय राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै भइरहेका गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ ।

नेता अधिकारीले भने, “यदि कोही संविधानको मर्म विपरीत श्री ५ महाराजधिराज राख्न खोज्छ भने त्यो संविधानमाथिको खेलवाड हुनेछ, जुन सहन सकिँदैन ।” अब सुशासन कायम गर्दै विकास र समृद्धिमा लाग्नुको विकल्प नभएको उनको भनाइ छ ।

बैठकमा सांसदहरूले विशेष तथा शून्य समयमा प्रदेशका विभिन्न समस्या र सरोकारका विषयबारे धारणा राखे । बैठकमा सांसदहरु भीमबहादुर कार्की, सांसद डिल्लीराज सुवेदी, देवका पहारी, भक्तबहादुर कुँवर, रेखा गुरुङ, श्यामराज महतले बोलेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने : प्रहरी महानिरीक्षक थापा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा...

स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई स...

स्रोत नखुलेको रकमसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमप...

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अमेरिका । क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी तट...

गाजामा युद्ध सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

गाजा । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमब...

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

ब्रसेल्स । इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अ...

बागमतीको बजेट अधिवेशन बोलाउन सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्र...

समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ: गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताए ।  ...

ताप्लेजुङमा वाइसिएल नेपालकाे सम्मेलन सुरु

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालक...

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending