Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ओमन हुँदै खाडी मुलुकमा दैनिक २५० भन्दा बढी नेपाली महिलाको तस्करी

नक्कली कागजातको प्रयोग र एयरलाइन्स कर्मचारीको संलग्नता

खबरडबली संवाददाता

काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरेपनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको बताएको छ ।

दैनिक २५० भन्दा बढी नेपाली महिलाको तस्करी
विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्र दैनिक २५० जना नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, जसमा ठूलो संख्यामा तस्करीका सिकार भएका छन् । दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरू ओमनलाई ‘ट्रान्जिट प्वाइंट’का रूपमा प्रयोग गर्न थालेका छन् । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न एयरलाइन्स मार्फत मानव तस्करी व्यापक रूपमा भइरहेको पाइएको छ ।

नक्कली कागजातको प्रयोग र एयरलाइन्स कर्मचारीको संलग्नता
नेपाल सरकारले २०८० माघ १० गतेबाट लागू गरेको छ(बुँदे मापदण्डका आधारमा भिजिट भिसामा विदेश जान लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गर्नुपर्ने नियम भएपनि तस्करहरूले नक्कली कागजात बनाएर तस्करीलाई निरन्तरता दिइरहेका छन् । प्रहरीका अनुसार, दुईतर्फी टिकट भएपनि एउटा मात्र प्रयोग गर्ने, रिटर्न टिकट नक्कली बनाउने, होटल बुकिङ नक्कली गर्ने, ५०० अमेरिकी डलर बोक्नुपर्ने मापदण्डलाई नजरअन्दाज गर्ने कार्य भइरहेको छ ।

यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरलाइन्सका कर्मचारीहरू पनि प्रत्यक्ष संलग्न रहेको खुलासा भएको छ । तस्करहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर १०,००० रुपैयाँसम्म रकम बुझाएर बोर्डिङ पास प्राप्त गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

खाडी मुलुकतर्फ महिला तस्करीको भयावह अवस्था
नेपाल सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाएको भएपनि तस्करहरूले गैरकानुनी रूपमा महिलाहरूलाई आकर्षक तलब र सुरक्षित रोजगारीको प्रलोभन देखाएर तस्करी गरिरहेका छन् । यसरी गैरकानुनी रूपमा गएका महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । उनीहरू शारीरिक शोषण, यौन हिंसा र जबरजस्ती श्रम शोषणको सिकार हुने गरेका छन् । यस्तै सरकारसँग २०७३ सालदेखि हालसम्म खाडी मुलुकमा अवैधानिक रूपमा पुगेका करिब २ लाख नेपाली महिलाको कुनै आधिकारिक तथ्यांक नै छैन ।

कडा कदम चाल्नुपर्ने अवस्था
नेपाल सरकारले हाल भिजिट भिसाको व्यवस्थापनलाई थप कडाइ गर्दै श्रम स्वीकृति प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । खाडी मुलुक जाने महिलाहरूलाई भिजिट भिसाको सट्टा वैधानिक श्रम स्वीकृति दिलाएर पठाउने व्यवस्था गर्न सकियो भने सरकारले उनीहरूको सुरक्षा र कार्यमा निगरानी राख्न सक्नेछ । गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र सुरक्षा निकायहरू मिलेर यो समस्या नियन्त्रण गर्न गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । अन्यथा, नेपाली महिलाहरू मानव तस्करहरूको सञ्जालमा परेर जीवनभर शोषणको शिकार बन्ने अवस्था रहिरहनेछ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending