Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिप मेलाका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ्, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्धन र प्रतिवद्धता, ‘अन द जब ट्रेनिङ्’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो । महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालन भएको हो । 

‘कार्यक्रममा रोजगार क्षेत्रका लागि आवश्यक पर्ने दक्षता बढाउन र रोजगार क्षेत्रमा पुग्न महानगरपालिकाले सहयोग गर्नेछ । रोजगारदाताको आवश्यकता अनुसारको व्यक्तित्व प्रशिक्षार्थीले प्रदर्शन गर्नु पर्नेछ ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘व्यक्तिले आर्जन गरेको ज्ञान, सिप र क्षमता सिभीबाट प्रदर्शन हुने र त्यहाँ दिइएको सूचनाको छुट्टाछुट्टै महत्व हुने भएकोले सिभीलाई तथ्यपरक बनाउनु पर्छ ।’ 

महानगरपालिकाले सहजीकरण गरिदिएको ठाउँमा १२ महिनाका लागि हो । यसमा ६ महिना अनिवार्य प्रशिक्षणमा रहनुपर्छ । यसपछि कार्य सम्पादनका आधारमा थप ६ महिना सोही स्थानमा नियमित गर्न सकिन्छ । यदि प्रशिक्षार्थीले अन्य उत्कृष्ट अवसर प्राप्त गरे भने त्यस ठाउँमा जानबाट नरोकिने झाले बताए ।

त्यस क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, महानगरपालिकाले थालेको यो अभ्यासलाई प्रशिक्षार्थीहरुले सफल बनाउनु हुनेमा विश्वाश रहेको धारणा राखिन । यस्तै गौरव योजनाका फोकल पर्सन शान्ता पहाडीले, ‘अन द जब ट्रेनिङ्’ कार्यक्रमपछि स्वरोजगार बन्न चाहनेका लागि महानगरपालिकाले सहयोग उपलब्ध गराउने योजना रहेको बताइन् । 

सिप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोवाइल्स (अटो इलेक्ट्रिकमा ४० जना, इलेक्ट्रिकल भेहिकल (इभी) मा ६०) जनाले तालिम पूरा गर्नुभएको थियो । उहाँहरुलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा करिब ५० प्रतिशतमध्ये कोही  रोजगारीमा, कोही स्वरोजगारमा र कोही वैदेशिक रोजगारीको प्रक्रियामा रहेका छन् । ५१ जनाले ओजेटी (अन द जब ट्रेनिङ्) मा रुचि देखाएको बताइएको छ । यसरी रुचि देखाउनेमध्ये ४७ जनाले कार्यशालामा आउन नाम दर्ता गराउनुभएको थियो । नाम दर्ता गराउनेमध्ये पनि कार्यशालामा ३० जनाले भाग लिएका थिए ।  

सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ मा महानगरपालिका र चाँगुनारायण फाउन्डेसनसँग सम्झौता भएको छ ।

ओजेटी कार्यक्रममार्फत कार्यस्थलमा प्रशिक्षण गर्नेहरुले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।   

महानगरपालिकाले दक्षता अभिवृद्धि गराउने, प्राप्त दक्षतालाई प्रमाणीकरण गराउने, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना बनाएको छ । शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, औपचारिक शिक्षासँगै तालिम सञ्चालन गर्ने गराउने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गर्ने गराउने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्ने गराउने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध गर्ने गराउने वातावरणका लागि सहजीकरणको काम गरिरहेको छ । तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँचका लागि सहजीकरण गर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा प्रदान गर्ने महानगरपालिकाको योजनामा छ । 

महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको तालिम संयोजक देवेन्द्र के. सी. को भनाइ छ । अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यता निर्धारण सहजीकरण सम्बन्धी कार्यक्रम नियमित चलिरहेका छन् ।  

कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।  

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending