Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

राप्रपा नेपालले भन्यो: २५ गतेको प्रदर्शन ऐतिहासिक, चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने संकेत

खबरडबली संवाददाता

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।

बैठकले  देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ ।

त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौंमा देखापरेको वृहत जनप्रदर्शन भएको पार्टीको ठहर छ ।

उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने सुस्पष्ट संकेत गरेको  बैठक पछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्ति

जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरुको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको समेत जनाईएको छ ।

सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले  जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर गई  अप्रिय दुर्घटना हुने समेत जनाईएको छ । 

यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरुलाई राप्रपा नेपाल आग्रह गर्दछ बिज्ञप्तिमा भनिएको छ । जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्‍याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।

सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने तथा परिवर्तन संभव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेको समेत बिज्ञप्तिमा जनाईएको छ ।

सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी,देशभक्त शक्तिहरू एकजुट भई 'सर्वपक्षीय आन्दोलनको मोर्चा' गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न समेत सम्बद्ध सबैमा राप्रपा नेपालले अपिल गरेको छ ।

अब केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत पार्टीले बिज्ञपति मार्फत अनुरोध गरेको छ ।

यसै गरि  फागुन २५ गते काठमाडौंमा राजाको स्वागत तथा हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाको पक्षमा एक्यवद्धता प्रकट गर्न स्फूर्तरुपले उपस्थित जनसमुदायमा राप्रपा नेपालले आभार प्रकट गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE