Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रुस-युक्रेनको द्वन्द्वमा परी रोल्पाका पूर्व वडाध्यक्षको निधन

खबरडबली संवाददाता

रोल्पा । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट सुनछहरी गाउँपालिका ५ जैमाकसलाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा विजय हुन नसकेपछि उहाँ रुस गएको पारिवारिक स्रोतले जनाएको छ । 

२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुस र युक्रेनको बेलाबेला भइरहने द्वन्द्वले आफ्नो ज्यान जोखिममा रहेको आफन्तलाई फोन र सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर बुढाथोकीले भन्ने गरेको थिए । परिवारले फागुन २४ गते मात्र बुढाथोकीको मृत्युको समाचार थाहा पाएका थिए । केही  हप्तादेखि सम्पर्कविहीन भएपछि घर परिवार चिन्तित बनेका थिए । बुढाथोकीको मृत्यु भएको यकिन मिति थाहा भएको छैन । बुढाथोकीले रुसी सेना छाडेर घर आउने पनि भन्दै आएको आफन्तको भनाइ छ ।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । पूर्व वडाध्यक्ष बुढाथोकी पूर्वी रोल्पाको एमालेका नेता हुनुहुन्छ । बुढाथोकीको परिवारमा श्रीमती, १ छोरा १ छोरी, बुवा आमा, दाइ भाउजूलगायत हुनुहुन्छ । मृत्यु भएको गाउँमा थाहा पाएपछि सामाजिक परम्परा अनुसार बुढाथोकीको हिजो सोमबारदेखि नै शुद्ध शान्तिका लागि घरमा काजकिरिया सुरु गरिएको छ । घरमा काजकिरिया सुरु भइसकेकाले मृतकको शवलाई नेपाल ल्याउने सम्भावना कम रहेको पारिवारिक स्रोतको भनाइ छ ।

सुनछहरी गाउँपालिका पूर्व अध्यक्ष आसबहादुर पुनले बुढाथोकीको निधन भएको घटना निकै दुःखी बनाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । हर चुनौतीको सामना गर्दै नयाँ व्यवस्थाको जग बसाल्न योजना बनायौं, हातेमालो र सहकार्य गर्यौं, आज तपाईँको अनपेक्षित मृत्युको खबरले निःशब्द छु पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छन ।

बुढाथोकी वडाध्यक्ष हुँदा वडा सचिव रही काम गरेका नवराज रोकाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत बुढाथोकीको रुसमा निधन भएको खबरले आफू निःशब्द भएको भन्दै दुःख व्यक्त गरेको छन । उहाँसँग वडा सचिव भै सँगै काम गरेको यादहरू सम्झनामा छन् रोकाले फेसबुकमा लेखेको छन, एक कुशल, इमानदार, मिलनसार, सरल र सहज व्यक्तित्व सधैँलाई अस्ताए। उनप्रिति हार्दिक श्रद्धाञ्जली रोकाले लेखेको छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending