Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

रुस-युक्रेनको द्वन्द्वमा परी रोल्पाका पूर्व वडाध्यक्षको निधन

खबरडबली संवाददाता

रोल्पा । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट सुनछहरी गाउँपालिका ५ जैमाकसलाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा विजय हुन नसकेपछि उहाँ रुस गएको पारिवारिक स्रोतले जनाएको छ । 

२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुस र युक्रेनको बेलाबेला भइरहने द्वन्द्वले आफ्नो ज्यान जोखिममा रहेको आफन्तलाई फोन र सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर बुढाथोकीले भन्ने गरेको थिए । परिवारले फागुन २४ गते मात्र बुढाथोकीको मृत्युको समाचार थाहा पाएका थिए । केही  हप्तादेखि सम्पर्कविहीन भएपछि घर परिवार चिन्तित बनेका थिए । बुढाथोकीको मृत्यु भएको यकिन मिति थाहा भएको छैन । बुढाथोकीले रुसी सेना छाडेर घर आउने पनि भन्दै आएको आफन्तको भनाइ छ ।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । पूर्व वडाध्यक्ष बुढाथोकी पूर्वी रोल्पाको एमालेका नेता हुनुहुन्छ । बुढाथोकीको परिवारमा श्रीमती, १ छोरा १ छोरी, बुवा आमा, दाइ भाउजूलगायत हुनुहुन्छ । मृत्यु भएको गाउँमा थाहा पाएपछि सामाजिक परम्परा अनुसार बुढाथोकीको हिजो सोमबारदेखि नै शुद्ध शान्तिका लागि घरमा काजकिरिया सुरु गरिएको छ । घरमा काजकिरिया सुरु भइसकेकाले मृतकको शवलाई नेपाल ल्याउने सम्भावना कम रहेको पारिवारिक स्रोतको भनाइ छ ।

सुनछहरी गाउँपालिका पूर्व अध्यक्ष आसबहादुर पुनले बुढाथोकीको निधन भएको घटना निकै दुःखी बनाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । हर चुनौतीको सामना गर्दै नयाँ व्यवस्थाको जग बसाल्न योजना बनायौं, हातेमालो र सहकार्य गर्यौं, आज तपाईँको अनपेक्षित मृत्युको खबरले निःशब्द छु पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छन ।

बुढाथोकी वडाध्यक्ष हुँदा वडा सचिव रही काम गरेका नवराज रोकाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत बुढाथोकीको रुसमा निधन भएको खबरले आफू निःशब्द भएको भन्दै दुःख व्यक्त गरेको छन । उहाँसँग वडा सचिव भै सँगै काम गरेको यादहरू सम्झनामा छन् रोकाले फेसबुकमा लेखेको छन, एक कुशल, इमानदार, मिलनसार, सरल र सहज व्यक्तित्व सधैँलाई अस्ताए। उनप्रिति हार्दिक श्रद्धाञ्जली रोकाले लेखेको छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE