बिर्तामोड। झापाको बिर्तामोडमा ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् ।
सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे९राज०, एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् ।
घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घाइते आङदेम्बे एमाले कार्यकर्ता खगेन्द्र खालिङको घरमा राती १ बजे गएका थिए त्यहाँ विवाद हुँदा खालिङले तरबार प्रहार गरेका थिए । घाइते आङदेम्बेलाई रोक्न खोज्दा अर्का घाइते अजय खवासको हातको ४ वटा औँला काटिएको छ ।
खवासको शरीरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको युवा सङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका पर्वतराज भण्डारीले बताए। यता अर्का घाइते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा दरबार रेष्टुरेन्टबाट ओर्लिनसाथ मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरी घाइते बनाएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
झगडामा सामेलहरू सबै जना एक अर्काका मिल्ने साथी भएको बुझिएको छ । उनीहरूबिच आर्थिक लेनदेनको विषयले झगडा परेको हो या राजनैतिक कारणले हो यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: