Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्- 

लबहादुर क्षेत्रीको 'बसाइँ' उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका 'बसाइँ'' र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वाेत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ । उनै ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ । दिवंगत लीलबहादुर क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्दछु ।'

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE