हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेको छ । सदरमुकाम सिमकोटबाट चीनको ताक्लाकोट जाने क्रममा नारा लेकमा जमेको हिउँमा फसेको बेला सुरक्षाकर्मीले जानकारी पाए लगत्तै उद्धार गरेको हो ।
प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले नारा लेकको हिउँमा फसेका सात जना हुम्लावासीलाई हिल्सामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले सकुशल उद्धार गरेको बताए। उनका अनुसार यसरी सुरक्षाकर्मीहरुले उद्धार गरिएका व्यक्तिहरुमा सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँका ६६ वर्षीय चन्द्र लामा, ३६ वर्षीया बबिता लामा, २६ वर्षीया अस्मीता लामा, ४० वर्षीय क्याम्मा लामा, २३ वर्षीय ईसा तामाङ, सिमकोट गाउँपालिका– ३ का ३८ वर्षीया छिरिङ पाल्जुम लामा र सिमकोट गाउँपालिका– ७ का २७ वर्षीय रामबहादुर शाही रहेको छ ।
हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उहाँहरूको उद्धार गरेको हो । हिल्सा १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट उद्धार गरेर हिल्सा पुर्याइएको थियो । उद्धार गरिएका सातै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: