सुलीकोट । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एक लाख रुपियाँ उपलब्ध गराउने घोषण गरेको छ । गाउँपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख दिने घोषण गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिए।
‘‘पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या निजि विद्यालयका कारण विद्यार्थीको सङ्ख्या घट्दै गएकाले सामुदायिक विद्यालयमा शैक्षिकगुणस्तर वृद्धि गर्नका लागि शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्छ,’’ अध्यक्ष भट्टले भने, “सामुदायिक विद्यालयमा बालबालिका पढाउन प्रोत्सहान होस् भन्नुका साथै सामुदायिक विद्यालयका विद्यार्थीलाई थप पढ्न प्रेरण मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम घोषण गरिएको हो ।”
विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई एक लाख नगदसहित गाउँपालिकाले ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
यस वर्षको एसइई परीक्षा आउने चैत ७ गतेबाट सञ्चालन हुँदैछ । गाउँपालिकाबाट यस वर्ष नियमित तर्फ २९८ जनाले एसइई परीक्षा दिँदै छन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाले निकालेको सूचनमा उल्लेख छ ।
परीक्षाका लागि विद्यार्थीहरुको मनोबल बढाउदै थप हौसाला प्रदान गर्न प्रोत्सहान रकम घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिए। ‘‘गत माघ २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’’ उनले भने, “आगमी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।”
बारपाक सुलीकोट गाउँकार्यपालिकाले गरेको निर्णयले शिक्षाको गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: