सुलीकोट । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एक लाख रुपियाँ उपलब्ध गराउने घोषण गरेको छ । गाउँपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख दिने घोषण गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिए।
‘‘पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या निजि विद्यालयका कारण विद्यार्थीको सङ्ख्या घट्दै गएकाले सामुदायिक विद्यालयमा शैक्षिकगुणस्तर वृद्धि गर्नका लागि शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्छ,’’ अध्यक्ष भट्टले भने, “सामुदायिक विद्यालयमा बालबालिका पढाउन प्रोत्सहान होस् भन्नुका साथै सामुदायिक विद्यालयका विद्यार्थीलाई थप पढ्न प्रेरण मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम घोषण गरिएको हो ।”
विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई एक लाख नगदसहित गाउँपालिकाले ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
यस वर्षको एसइई परीक्षा आउने चैत ७ गतेबाट सञ्चालन हुँदैछ । गाउँपालिकाबाट यस वर्ष नियमित तर्फ २९८ जनाले एसइई परीक्षा दिँदै छन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाले निकालेको सूचनमा उल्लेख छ ।
परीक्षाका लागि विद्यार्थीहरुको मनोबल बढाउदै थप हौसाला प्रदान गर्न प्रोत्सहान रकम घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिए। ‘‘गत माघ २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’’ उनले भने, “आगमी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।”
बारपाक सुलीकोट गाउँकार्यपालिकाले गरेको निर्णयले शिक्षाको गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: