काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएको छन ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेको हो ।
“हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढ्ेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।”
उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवम् सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरे।
सो अवसरमा आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले १६ औँ योजनाको कार्यान्वयन, यसका चुनौतीहरु, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपुरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएको थिए । उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्र्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालयलगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: