Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएको छिन ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएको हो ।

उनले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गरिन। उनले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरू आज विविध मुलुकका नागरिक भएता पनि हामी बिचमा सभ्यताको साझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताईन । उनले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरू रहेको उल्लेख गर्दै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताईन।

‘‘हिमवत्खण्डभित्र बसोवास गर्ने विविध समुदायबिच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक भएका छौं । तथापी हाम्रा बिचमा सभ्यताको उही साझा धागो र संस्कृतिको त्यही सुन्दर सेतु छ ।,’’ पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘‘जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ । अवश्य पनि हाम्रा बिचमा भाषिक भिन्नताहरू छन् । हाम्रा सोच्ने तरिकाहरू फरक छन् र हाम्रा आफ्नै कर्तव्य र दायित्वहरू छन् । ति विविधतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्छ भन्ने मलाई लाग्दछ । हाम्रा राष्ट्रहरूका सन्दर्भमा पनि यी कुराहरू उत्तिकै लागु हुन्छन् ।’’

उनले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गरिन। यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादूर्भाव र विस्तार भएको उनको भनाइ छ । आउँदो आइतबारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोवास गर्ने नेपाली सहभागीहरूको समेत सहभागिता रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE