Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ- प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए । "अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ," उनले भने, "तर, मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ।"

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए । ´शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एकरूप बुझाइ नहुनु हो, उनले भने, "म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो। पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन।"

प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए ।

"डू एण्ड डाइको अवस्थामा छौं," शिक्षक महासंघका प्रतिनिधिहरूले भने, "विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैं उभिनुभयो । यसपटक पनि काँध थाप्न अनुरोध छ। माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस्।"

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending