Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

नेपालले दिगो विकास र आर्थिक वृद्धिका बिआरआइका फाइदाहरू उपयोग गर्न सकिन्छः नेता खनाल

खबरडबली संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेको छन । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेको हो । 

उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआइको उपयोग अधिकतम गर्नुपर्ने बताए। उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने बताए। सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआइका फाइदाहरू उपयोग गर्नसक्ने बताए। पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका लागि बिआरआइ ल्याएको हो भनेर पश्चिमी देशहरुले गलत प्रचार गरिरहेको बताए। 

पूर्वप्रधानमन्त्री खनालले भने, ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआइ ल्याएको हो भन्ने प्रचार भइरहेको छ । यो पश्चिमी संसारको आवाज हो । व्यावहारिक रूपमा हामी बिआरआइ प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौं । केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्छन् । लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैलाइँदैछ ।’

दक्षिण एशियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौम देशको रूपमा नेपाल रहेको चर्चा गर्दे नेता खनालले चीन र विश्वका अन्य सबै देशहरूसँग सम्बन्धलाई बढावा दिन नेपाल सधैं स्वतन्त्र रहेको बताउनुभयो । बेल्ट एण्ड रोड इनिसिएटिभसम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ । हाम्रा दुई महान छिमेकीहरू छन् । तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ, उनले भने ।

चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको चर्चा गर्दै नेता खनालले त्यसलाई असाधारण रूपमा चीनले विकासशील आर्थिक शक्ति बनाएको बताउनुभयो । यस्तो शक्तिशाली साझेदारबाट परियोजनाहरू प्राप्त गर्नु नेपालसहित सबै देशहरूको लागि वरदान भएको उहाँको बुझाइ छ । बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको उहाँले चर्चा गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक: सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फ...

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश, संयुक्त इजलासमा सुनुवाइ हुने

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नि...

जेनजी आन्दोलनमा भएको दमनप्रति म जिम्मेवार छैन: पूर्वगृहमन्त्री लेखक

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्। ...

पानीले धान खेतीमा एक करोड ८० लाखको क्षति

कावासोती। यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका ...

बाँकेमा सात हजारभन्दा बढी नयाँ मतदाता थपिए

नेपालगन्ज। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  का...

सिन्धुलीमा सवारी दुर्घटना : दुईको मृत्यु, चार जना घाइते

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भ...

विद्युत बक्यौता विवाद: १४ उद्योगले बुझाए बक्यौता, ११ उद्योगले अझै तिरेनन्

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि काटिएका बिजुलीको लाइनमा १४ उद्योगले बक्यौता रकम बुझाएका छन्। प्रा...

१२ वटा समूह एक ठाउँमा आइसक्यौं, अब एमाले छोडेर सबै हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। यो...

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेको छिन्। प्रधानमन्त्री तथा मन्त्रि...

सरकारले फिर्ता बोलाएका राजदूतले दिन थाले राजीनामा

काठमाडौँ। सरकारले फिर्ता बोलाएका राजदूतहरुले क्रमश: राजीनामा दिन सुरु गरेका छन्। जेनजी आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending