Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

खबरडबली संवाददाता

किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा ३० दिने युद्धविरामको अमेरिकी प्रस्तावको विवरणहरूबारे छलफल गर्न अमेरिकी दूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टाभन्दा कम समयमा यो आक्रमण भएको हो ।

बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने तर यसमा सहमत हुनुअघि स्पष्ट पारिनु पर्ने धेरै विवरणहरू प्रस्तुत गरे । किएभले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ । यद्यपि युक्रेनी अधिकारीहरूले मस्कोले त्यस्तो सम्झौतामा प्रतिबद्ध हुनेछ कि छैन भन्ने बारेमा सार्वजनिक रूपमा आशङ्का व्यक्त गरेका छन् ।

शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए । “रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने सङ्केत गर्दछ । यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ”, उनले भने । 

युक्रेनी नेताले अमेरिकी भनाइपछि रूसको कुस्र्क क्षेत्रमा किएभको सेनाले आफ्नो उपस्थिति कायम राखेको कुरामा जोड दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘हजारौँ’ युक्रेनी सेना रूसी सेनाले घेरिएको बताएका थिए । 

“कुस्र्क क्षेत्रको तोकिएको क्षेत्रहरूमा हाम्रो सेनाको अभियान जारी छ”, जेलेन्स्कीले भने, “हाम्रा सैनिकहरूले कुस्र्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई रोकिराखेका छन् । हाम्रा सैनिकहरूको कुनै घेराबन्दी छैन ।” अर्कै ठाउँमा युक्रेनको वायुसेनाले शनिबार रुसले रातभर एक सय ७८ वटा ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो आक्रमण शाहेद–प्रकारका आक्रमणकारी ड्रोनहरू र हवाई सुरक्षालाई भ्रमित पार्न डिजाइन गरिएका नक्कली ड्रोनहरूको मिश्रण थियो । करिब एक सय ३० वटा ड्रोनलाई गोली हानेर खसालिएको थियो भने थप ३८ वटा आफ्नो लक्ष्यको बाटोमा हराएका थिए ।

रुसले ऊर्जा सुविधाहरूमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको युक्रेनको निजी ऊर्जा कम्पनी डिटिइकेले जनाएको छ । रुसले ड्निप्रोपेट्रोभस्क र ओडेसा क्षेत्रमा ऊर्जा पूर्वाधारमा प्रहार गरेको डिटिइकेले शनिबार एक विज्ञप्तिमा जनाएको छ । केही बासिन्दा बिजुलीबिना बस्न बाध्य भएका थिए ।

“क्षति उल्लेखनीय छ । ऊर्जा कर्मचारीहरू पहिले नै जमिनमा काम गरिरहेका छन् । हामी घरहरूमा सकेसम्म चाँडो बिजुली बहाल गर्न सम्भव सबै कुरा गरिरहेका छौँ”, ऊर्जा कम्पनीले भन्यो । यसैबीच रुसको भोल्गोग्राड क्षेत्रमा गभर्नर आन्द्रेई बोचारोभले ड्रोनको भग्नावशेष खस्दा सहरको क्रास्नोर्मेस्की जिल्लामा लुकोइल तेल प्रशोधन केन्द्र नजिकै आगलागी भएको पुष्टि गर्नुभयो तर थप विवरणहरू प्रदान गरेनन । 

स्थानीय मिडिया आउटलेटहरूले नजिकका विमानस्थलहरूले अस्थायी रूपमा उडानहरू रोकेको बताएका छन् । कुनै हताहत भएको रिपोर्ट गरिएको छैन् । भोल्गोग्राड रिफाइनरीलाई मस्कोले तीन वर्षअघि युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि धेरै अवसरहरूमा किएभको सेनाले लक्षित गरेको छ । सबैभन्दा पछिल्लो ड्रोन आक्रमण फेब्रुअरी १५ मा ड्रोन भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE