सप्तरी ।सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ ।
देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस वर्ष आँपको बोटमा विगतको तुलनामा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो । गत आर्थिक वर्षमा ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
गत वर्ष आँपका लागि ‘अनयेयर’ अर्थात् फल्ने वर्ष थियो र यस वर्ष ‘अफयेयर’ अर्थात् नफल्ने वर्ष भएकोले उपादकत्वमा कमी आउने उनले बताए। “आँपको नेचर नै त्यस्तो हुन्छ, एक वर्ष धेरै फल्ने र त्यसपछिको बर्ष कम फल्ने र यो वर्ष कम फल्ने वर्ष भएकोले उत्पादनमा कमी आउनु स्वभाविक हो,” राउतले भने।
कूल ७ हजार ७ सय हेक्टर जमिनमा आँपको बोट रहेको सप्तरीमा आर्थिक बर्ष २०८०/०८१ मा प्रति हेक्टर ९ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस वर्ष प्रति हेक्टर ६ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रुपमा पनि चिनिएको सप्तरीको भोगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट रहेको बताउनु हुन्छ कृषि ज्ञान केन्द्र सप्तरीका वागवानी अधिकृत रक्षा यादव । उहाँले यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप एकदमै स्वादिलो हुने भएकाले अनयन्त्र जिल्ला पनि ती आँपहरुको ठूलो माग रहि आएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १५:४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि गणतन्त्र ल्याउन आफ्नो...
चैत्र ४ गते, २०८१ - १५:३७
वासिङ्टन । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछ...
चैत्र ४ गते, २०८१ - १४:४७
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयता...
चैत्र ४ गते, २०८१ - १४:३३
स्याङ्जा । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएको छिन । फेदिखोला ...
चैत्र ४ गते, २०८१ - १४:१९
काठमाडौँ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर परेको छ । फागुनसम्म सरकारले तिर्न बाँक...
चैत्र ४ गते, २०८१ - १३:४४
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालि...
चैत्र ४ गते, २०८१ - १३:२०
कास्की । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त...
चैत्र ४ गते, २०८१ - १२:५६
ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेक...
चैत्र ४ गते, २०८१ - १२:३९
हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ भुलचोकस्थित सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते ...
चैत्र ४ गते, २०८१ - १२:२१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा...
प्रतिकृया लेख्नुहोस्: