वालिङ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजिनामा दिएका छन् ।
सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियू निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ ।
१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए ।
सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरु लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको आरोप छ ।” नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै राजीनामा दिएको उनीहरुले स्पष्ट पारेका छन् । यस्तो निर्णय प्रक्रियाले क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको उनीहरुको भनाइ छ ।
एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेले सामाजिक सञ्जाल मार्फत मिर्मी क्याम्पसको स्ववियू सभापतिलाई खादा लगाएर बधाई दिएपछि विभिन्न मिडियाले खबर सार्वजनिक गरेका थिए । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले उक्त खबरलाई खण्डन गर्दै कुनै सत्यता नभएको बताएको थिए। क्याम्पसको अवस्था निकै नाजुक रहेकाले दुवै सङ्गठालाई मिलाएर लैजानुपर्ने पक्षमा क्याम्पस प्रशासन रहँदा रहँदै सामाजिक संजाल मार्फत हल्ला फैलाईदिदा विवाद बढेको क्याम्पस प्रमुख पाण्डेको भनाइ छ ।
क्याम्पसको स्ववियू निर्वाचन समितिका संयोजक भिमप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियामा उमेदवारी दर्ता मात्रै गरेको तर अन्य प्रक्रिया अगाडि नबढाइएको बताउनु भएको छ । सहमतिका लागि एउटा समिति निर्माण गरिएको उनले बताए । स्ववियू सभापति सहित सबै निरर्विरोध भएको भन्न नमिल्ने उनको भनाइ छ ।
यसपटक स्याङ्जाका ७ वटा बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति छानिने भएको छ । १९ वटा बहुमुखी क्याम्पस मध्ये १२ ओटा क्याम्पसमा स्ववियू गठन नहुने बताइएको छ । गल्याङ्को सार्वजनिक बहुमुखी क्याम्पस र चापाकोटको राधादामोदर संस्कृत विद्यापीठमा सहमतीका आधारमा स्ववियू गठन भएको छ । अन्य क्याम्पसमा चैत ५ गते चुनाव हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: