Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

स्ववियु निर्वाचन विवाद: क्याम्पसका १२ जना सञ्चालकले दिए सामुहिक राजिनामा

खबरडबली संवाददाता

वालिङ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजिनामा दिएका छन् ।  

सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियू निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ । 

१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । 

सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरु लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको आरोप छ ।” नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै राजीनामा दिएको उनीहरुले स्पष्ट पारेका छन् । यस्तो निर्णय प्रक्रियाले क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको उनीहरुको भनाइ छ । 

एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेले सामाजिक सञ्जाल मार्फत मिर्मी क्याम्पसको स्ववियू सभापतिलाई खादा लगाएर बधाई दिएपछि विभिन्न मिडियाले खबर सार्वजनिक गरेका थिए । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले उक्त खबरलाई खण्डन गर्दै कुनै सत्यता नभएको बताएको थिए। क्याम्पसको अवस्था निकै नाजुक रहेकाले दुवै सङ्गठालाई मिलाएर लैजानुपर्ने पक्षमा क्याम्पस प्रशासन रहँदा रहँदै सामाजिक संजाल मार्फत हल्ला फैलाईदिदा विवाद बढेको क्याम्पस प्रमुख पाण्डेको भनाइ छ ।

क्याम्पसको स्ववियू निर्वाचन समितिका संयोजक भिमप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियामा उमेदवारी दर्ता मात्रै गरेको तर अन्य प्रक्रिया अगाडि नबढाइएको बताउनु भएको छ । सहमतिका लागि एउटा समिति निर्माण गरिएको उनले बताए । स्ववियू सभापति सहित सबै निरर्विरोध भएको भन्न नमिल्ने उनको भनाइ छ । 

यसपटक स्याङ्जाका ७ वटा बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति छानिने भएको छ । १९ वटा बहुमुखी क्याम्पस मध्ये १२ ओटा क्याम्पसमा स्ववियू गठन नहुने बताइएको छ । गल्याङ्को सार्वजनिक बहुमुखी क्याम्पस र चापाकोटको राधादामोदर संस्कृत विद्यापीठमा सहमतीका आधारमा स्ववियू गठन भएको छ । अन्य क्याम्पसमा चैत ५ गते चुनाव हुँदैछ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE