काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेको छन । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले यस्तो बताएको हो ।
उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए। नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमूलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले भने, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी सबैले बुझ्नुपर्छ । उनीहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उहाँहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यही बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’
सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपालीमुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८१ - १६:३४
गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा...
चैत्र ३ गते, २०८१ - १६:२८
गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको हो
चैत्र ३ गते, २०८१ - १६:१०
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्...
चैत्र ३ गते, २०८१ - १६:०५
लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सातसय ९६ विद्यार्थी सहभागी हुनेभएका छन् । प्रदेशका एक हजार त...
चैत्र ३ गते, २०८१ - १५:४६
तुलसीपुर । घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी ...
चैत्र ३ गते, २०८१ - १४:५५
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएको छन। ललितपुरमा आयोजित नेपाल राष्ट...
चैत्र ३ गते, २०८१ - १४:४३
काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु भएको हो । बैठकमा पछ...
चैत्र ३ गते, २०८१ - १४:३८
वालिङ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक...
चैत्र ३ गते, २०८१ - १४:३०
दाङ । युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले मधेश प्रदेशको टीमलाई १५९ रनको विजयी लक्ष्य दिएको छ । ...
चैत्र ३ गते, २०८१ - १४:१६
काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने ...
प्रतिकृया लेख्नुहोस्: