Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग

खबरडबली संवाददाता

काठमाडाैं । सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘उपभोक्ता ऐन बनेको ६ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, विनाबिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।’

सांसद दुर्गा राईले पूर्वविशिष्टहरूलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाइन् । उनले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गरिन् । सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधारणहरू अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । ‘सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

सांसद तारा लामा तामाङले लागुऔषध प्रयोगले युवाहरू कुलतमा फसेको भन्दै लागुऔषध नियन्त्रण तथा लागुऔषध अपराध नियन्त्रणका लागि ठोस नीति अपनाउनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्रप्रसाद बडूले विपतजन्य घटनाबाट क्षति भएको संरचनाको पुनर्निर्माण गर्न चाँडो गर्न माग गरे । सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडकखण्ड समयमै निर्माण गर्नुपर्ने जोड दिए । सांसद डा. धवलशमशेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी गर्न जरुरी नभएको बताए ।

सांसद ध्रुवबहादुर प्रधानले बाजुरामा ढुंगाले हानेर गाईको हत्या गरिएकामा विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । सांसद निशा डाँगीले ‘डिजिटल’ कारोबार निःशुल्क गर्नुपर्नेमा जोड दिइन् । सांसद पुष्पबहादुर शाहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुनुपर्ने र क्षतिपूर्ति समयमा नै पाउनुपर्ने बताए । सांसद प्रकाश ज्वालाले लोकसेवामा परीक्षामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्न लागिएको विषय गलत भएको बताए । उनले कुनै नागरिकलाई परीक्षामा सहभागी नै हुन नपाउने विषय संविधानको भावनाविपरीत भएको बताए । सांसद प्रतिमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिइन् ।

सांसद प्रतीक्षा तिवारीले संविधानमै नभएको व्यवस्था टेकेर राजा फर्काउन सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गरिन् । सांसद प्रभु हजराले पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरे । सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएको भन्दै पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्ने बताए ।

सांसद विन्दबासिनी कंसाकारले खानेपानीको संकट गहिरिएको र गुणस्तरीय खानेपानी पाउन नसकिएको भन्दै पानीको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको बताइन् । शून्य समयमा सांसदहरू विमला सुवेदी, पूर्णबहादुर घर्तीमगर, प्रेमबहादुर महर्जन, डा. नारायण खड्का, नारायणी शर्मा र निर्मला काइरालाले विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बता...

होली खेलेर जम्मा भएको रकम शिक्षकलाई तलब

बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोह...

चिसो स्थान फर्कन थाले आगन्तुक चरा

धनगढी । नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भए...

खाेटाङ र भोजपुरमा आगलागीबाट १२ घर जले

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ । इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले ज...

अच्युत वाग्ले केयूको उपकुलपतिमा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.  डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्म...

सप्तरीमा आगलागीबाट १२ लाख बराबरको धनमाल नस्ट

सप्तरी । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ । आगलागीमा एक फर्निचर उद्योग, ३ वटा घ...

विपद् प्राधिकरणको सीईओमा भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको ...

नेपाल प्रहरीकाे ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नि...

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँ...

जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित

चितवन । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका-१०...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy