काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिए ।
प्रतिकृया लेख्नुहोस्: