कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।
उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् ।
यस्तै, दैलेखबाट छ हजार एक सय ९६, जाजरकोटबाट चार हजार छ सय ६८, सल्यानबाट चार हजार दुई सय ६९, कालिकोटबाट चार हजार ८९, रुकुमपश्चिमबाट तीन हजार छ सय ६८, जुम्लाबाट दुई हजार छ सय ८१, हुम्लाबाट एक हजार एक सय चार र मुगुबाट नौ सय सय ४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताए ।
यसैगरी, १० जिल्लामा एक सय ८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चारवटा परीक्षा केन्द्र रहेका छन् । केन्द्राध्यक्ष एक सय ८०, सहायक केन्द्राध्यक्ष दुई सय ५२, निरीक्षक एक हजार आठ सय ९५, परीक्षा सहायक तीन सय ८०, कार्यालय सहयोगी सात सय ५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार एक सय ६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।
सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुईदिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताए। यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उनको भनाइ छ । शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि रु एक करोड २४ लाख ९५ हजार सात सय ५०, इकाईका लागि रु १४ लाख ३४ हजार सात सय ५० गरी जिल्लामा जाने कुल बजेट रु एक करोड ३९ लाख ३० हजार पाँच सय छुट्याएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - १७:०७
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फ...
कार्तिक २७ गते, २०८२ - १६:२५
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नि...
कार्तिक २७ गते, २०८२ - १६:०५
काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्। ...
कार्तिक २७ गते, २०८२ - १५:३८
कावासोती। यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका ...
कार्तिक २७ गते, २०८२ - १५:३१
नेपालगन्ज। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । का...
कार्तिक २७ गते, २०८२ - १५:२४
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भ...
कार्तिक २७ गते, २०८२ - १५:११
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि काटिएका बिजुलीको लाइनमा १४ उद्योगले बक्यौता रकम बुझाएका छन्। प्रा...
कार्तिक २७ गते, २०८२ - १४:४४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। यो...
कार्तिक २७ गते, २०८२ - १४:२२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेको छिन्। प्रधानमन्त्री तथा मन्त्रि...
कार्तिक २७ गते, २०८२ - १३:५८
काठमाडौँ। सरकारले फिर्ता बोलाएका राजदूतहरुले क्रमश: राजीनामा दिन सुरु गरेका छन्। जेनजी आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ...




प्रतिकृया लेख्नुहोस्: