Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

खबरडबली संवाददाता

काठमाडौँ । सहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरूमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

मङ्गलवार मन्त्रालयको चालु आवको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीकाअनुसार सहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१(०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा सङ्घतर्फ ६८ अर्ब ३५ करोड ८३  लाख ३९ हजार रहेको बताउनु भयो । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित रहेको जानकारी दिनुभयो । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको बताए।

 हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार ृ१७।९३ प्रतिशते खर्च भएको बताउनु भयो । चालु आर्थिक वर्षको ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरूमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको र बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरूमध्ये १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भएको बताए। बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरूमध्ये २८८ वटा कार्यक्रमहरू बहु वर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनका लागि प्रस्तावित कार्यक्रमहरू भएको बताए। 

संशोधनका लागि प्रस्तावित ८० वटा कार्यक्रमहरूमध्ये ४४ वटा संशोधन गरी आइसकेको र बाँकी संशोधन हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ५९ वटा पुराना तथा बहु वर्षीय स्वीकृत कार्यक्रमहरूमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरू सम्पन्न भइसकेको बताए। उनले भने, ‘सहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१(०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा सङ्घतर्फ ६८ अर्ब ३५ करोड ८३  लाख ३९ हजार रहेको छ । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित छ । हालसम्म चालुतर्फको खर्च २५।२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७।४३ प्रतिशत रहेको छ । हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७।९३ प्रतिशत खर्च भएको अवस्था छ । चालु आर्थिक वर्षको जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरूमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको छ । 

बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरूमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भएको छ । बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरूमध्ये २८८ वटा कार्यक्रमहरू बहु वर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनका लागि प्रस्तावित कार्यक्रमहरू हुन् । संशोधनका लागि प्रस्तावित ८० वटा कार्यक्रमहरूमध्ये ४४ वटा संशोधन गरी आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन् । १ हजार ४ सय ५९ वटा पुराना तथा बहु वर्षीय स्वीकृत कार्यक्रमहरूमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरू सम्पन्न भइसकेका छन् ।’

उहाँले ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएको बताए। स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रूपले दिने उद्देश्यका साथ ६८ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको बताए । १२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको बताए। यस आर्थिक वर्षमा १ हजार ७ सय २३ हेक्टर सिञ्चित क्षेत्रफल सिञ्चित गर्ने उद्देश्य रहेकोमा साना सिँचाइ कार्यक्रम कार्यान्वयन अन्तर्गत ६७८ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुगेको बताए।

बागमती सुधार आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा २ सय मिटर नदी, तटबन्ध, ३ सय ५० मिटर सडक कालोपत्रे र १ सय ५० मिटर मुख्य ढल निर्माण भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण कार्य र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको बताए। 

हालसम्म भैँसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भई बाँकी निर्माण कार्य भइरहेको र चण्डी दल गणको लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आइसकेको मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending